संविधानसभा १९ गते सम्म स्थगित

काठमाडौं, १७ वैशख । संविधानसभाको बैठक आजपनि सूचना टाँस गरेर स्थगित भएको छ । यस अघि पनि बैठक पटक पटक स्थगित भईसकेको छ ।
कार्यव्यवस्था परामर्श समितिको सुझाव अनुसार बैठक वैशाख–१९ गते एक वजे सम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।
बैठकमा नयाँ संविधानका विषयमा छलफल गर्ने कार्यक्रम रहेको थियो । संविधान जारी गर्ने समय जेठ–१४ गते आउन मुस्किलले एक महिना मात्रै बाँकी छ ।
प्रमुख दलहरुले बिवादित विषयमा सहमति जुटाउन क्रियाशिल रहेको र सहमतिबाटै नयाँ संविधान जारी गर्ने प्रयास अनुसार संविधानसभा बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया