ब्राह्मण समाज जातीय राज्यको विपक्षमा

पर्सा (वीरगन्ज), १६ वैशाख । नेपाल ब्राह्मण समाज, पर्साले नयाँ संविधानमा आफूहरुको अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै आज वीरगन्जमा प्रदर्शन गरेको छ ।
आफूहरुलाई पनि आदिवासीमा सूचीकृत गर्नुपर्ने, जातीय आधारमा राज्यको पुनर्संरचना गर्न नहुने, सबै समावेशी प्रक्रिया खारेज गर्नुपर्ने मुख्य माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
मोटरसाइकल र्‍यालीसहितको प्रर्दशनको नेतृत्व समाजका केन्द्रीय उपाध्यक्ष देवनाथ उपाध्यायले गरेका थिए । पूर्व घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत नै आफूहरुले प्रर्दशन गरेको उनले बताए ।
आफूहरुको मागको सुनुवाइ नभए पहिलो चरणको आन्दोलनका कार्यक्रम सकिएलगत्तै दोस्रो चरणमा कडा संघर्ष गर्ने चेतावनी पनि उनले दिए । जिल्ला विकास समितिअगाडिबाट सुरु भएको ब्राह्मणहरुको प्रदर्शनले नगर परिक्रमा गरेको थियो ।

प्रतिक्रिया