‘परीक्षा अवरोध गर्ने शिक्षक बर्खास्त हुन्छन्’

काठमाडौं, १६ वैशाख । शिक्षा मन्त्री दीननाथ शर्माले भोली आइतबारदेखि सुरु हुने कक्षा ११ र १२ को परीक्षालाई उच्च माविका शिक्षकहरुले अवरोध गरे त्यस्ता शिक्षकलाई बर्खास्त गर्ने  चेतावनी दिएका छन् ।
राजधानीमा आज आयोजित साक्षत्कारमा मन्त्री शर्माले शिक्षकहरुले गैरजिम्मेवारपूर्वक आपूmले पढाएका विद्यार्थीलाई पूmटबल हान्ने काम नगर्ने आफूले विश्वास लिएको बताए । उनले भने, ‘यदी शिक्षामा स्वार्थ गाँसेर परीक्षा अवरोध गरिन्छ भने भोली त्यस्ता शिक्षक नै नरहने छैनन् ।’
मन्त्री शर्माले उच्च माविका शिक्षकहरुले किन, केका लागि परीक्षा अवरोध गर्न लागेका हुन त्यस बारेमा आफूलाई जानकारी नरहेको बताए ।
उनले भने, ‘भोलीदेखि हुने ११ र १२ को परीक्षामा अवरोध पु¥याउने हल्ला सुनेको छु, तर पनि परीक्षा रोकिँदैन, मैले जिल्ला प्रशासन, जिल्ला शिक्षा अधिकारी र सुरक्षा निकायलाई परीक्षा सञ्चालन गर्न निर्देशन दिईसकेको छु ।’
अर्को प्रसङगमा मन्त्री शर्माले पहिचान र सामथ्र्यका आधारमा राज्य पुनर्संरचना गर्ने सबै दलका नेताहरुले बचन दिएकाले त्यसैकै आधारमा उभिएर काम गर्ने बताए ।
उनले राज्य पुनर्संरचना समितिले दिएको सुझावलाई आधार बनाए १० प्रदेश बनाउने बताए ।

प्रतिक्रिया