दुई नागरिकता बोक्ने भारतीय पक्राउ

मोरङ, १५ वैशाख । मोरङ जिल्लामा दोहोरो नागरिकता लिने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेर कारबाही चलाएको छ ।
भारत स्थायी ठेगाना भएका तारकेशवर भनिने तपलेसर मण्डललाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनी रंगेली–६ मा २०३४ सालदेखि बस्दै आएका थिए । सोही आधारमा मण्डले नागरिकता लिएका थिए ।
रंगेलीबाट उनले ८२१०५२ नम्वरको नागरिकता लिनुका साथै पुनः २०६२ सालमा ०५३००८/१८६३ नम्वरको अर्को नागकितापनि लिएको प्रहरीले जनाएको छ ।
सोही नागरिकताका आधारमा बिराटनगर–१५ मा जग्गा खरिद गरी रिक्सा, साइकल मर्मत पसल संचालन गर्दै आएका भारतीय नागरिक मण्डल विरुद्ध अन्य दाजुभाईहरुले सम्पत्ति दावी गरेपछि दोहोरो नागरिकता लिएको रहस्य खुलेको हो ।

प्रतिक्रिया