कांग्रेसका नाम विहिन सात प्रदेश

काठमाडौं, १५ वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संघीय राज्यका लागि बिभिन्न सात प्रदेशको प्रस्तव गरेको छ ।
कांग्रेसले एमाओवादी, एमाले र मधेसी मोर्चालाई सात प्रदेशाको आफ्नो नयाँ प्रस्तावमा सहमत हुन आग्रह समेत गरेको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार कांग्रेसले नाम पछि तोक्ने गरेर सात प्रदेशको प्रस्ताव गरेको हो । यस अघि हिजो एमाओवादीले दस प्रदेशको नाम प्रस्ताव गरिसकेको छ ।
कांग्रेसले मेची कोशी, सोलु, ओखलढुङगालाई मिलाएर एक नम्वर प्रदेश बनाएको छ भने सप्तरीदेखि पर्सा, उदयपुर, सिन्धुली तथा मकवानपुरलाई जोडेर दुई नम्वर प्रदेशको प्रस्ताव गरेको छ ।
उसले तीन नम्वरमा नवलपरासीदेखि वर्दियासम्मको भागलाई प्रस्ताव गरेको छ । त्यसै गरेर चार नम्वर संघीय राज्यमा जनकपुर अञ्चलका सबै पहाडी जिल्ला, वागमती अञ्चल र चितवनलाई समेटेको छ ।
पाँच नम्वर संघीय राज्यमा गण्डकी, धौलागिरी, र लुम्बिनीका पहाडी जिल्लालाई राखिएको छ ।
६ नम्वर संघीय राज्यमा राप्ती, भेरी र कर्णालीलाई प्रस्ताव गरेको कांग्रेसले सात नम्वर संघीय राज्यमा सेती र महाकालीलाई प्रस्ताव गरेको छ । यी राज्यको नामाकरण पछि गर्ने नेता केसीले बताए ।
संघीय राज्य बनाउदा जिल्लालाई अखण्ड राख्नुपर्ने कांग्रेसको प्रस्ताव छ ।
यसैवीच, प्रमुख दलको बैठक भोलि सम्मका लागि स्थगित भएको छ । एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको र उसले राज्य पुनर्संरचनामा प्रस्ताव नल्याएकाले बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया