सदनमा रहने सदस्यको संख्या कम गर्न सुझाव

काठमाडौं, १५ वैशाख । दोस्रो ठूलो विपक्षी दल नेकपा (एमाले)का अधिकांश केन्द्रीय सदस्यले नयाँ संविधानमा तल्लो सदन अर्थात प्रतिनिधि सभामा रहने सदस्यहरुको संख्या २ सय ५ भन्दा बढि हुन नहुने सुझाव दिएका छन् ।
एमालेको आज राजधानीमा बसेको केन्द्रीय कमिटीको आकस्मिक बैठकमा धारणा राख्ने अधिकांश सदस्यले तल्लो सदनमा रहने हालको प्रस्तावित सदस्य संख्या धेरै भएको भन्दै कम गराउन मागगरेका हुन् । उनीहरुले तल्लो सदनमा आउने सदस्यहरु सबै प्रत्यक्ष निर्वाचित हुनुपर्ने समेत सुझाव दिएका छन् ।
धारणा राख्ने केन्द्रीय सदस्यहरुले माथिल्लो सदनलाई जातीय, सामाजिक क्षेत्रका व्यक्तित्व तथा विभिन्न क्षेत्रका व्यक्तिलाई समानुपातिक रुपबाट लैजानुपर्ने सुझाव दिएको केन्द्रीय सदस्य भानुभक्त ढकालले जानकारी दिए ।
बैठकमा जातीय राज्यको बिरोधपनि भएको छ । केन्द्रीय सदस्य ढकालका अनुसार धारणा राख्ने अधिकांश नेताहरुरुले थोरै संघीय राज्य बनाउनु पर्ने तथा राज्य बनाउदा पहिचान र सामथ्र्यलाई आधार बनाउन जानजाति नेताहरुलाई सुझाव दिएका थिए ।
एमाओवादीले दस प्रदेशको नयाँ प्रस्ताव ल्याएपछि एमालेले सो विषय लगायत मुलुकका अन्य समग्र विषयमा छलफल गर्न आफ्नो केन्द्रीय समितिको बैठक आकस्मिक रुपमा बोलाएको हो ।
केन्द्रीय समिति बैठक पुनः बस्ने गरि स्थगित भएको छ ।

प्रतिक्रिया