‘चुरे संरक्षण निर्देशक समिति गठन’

काठमाडौं, १५ वैशाख । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम राष्ट्रिय निर्देशन समिति गठन गरेको छ ।
चरे क्षेत्रको वन, जंगल विनास तिव्र रुपमा बढेपछि संरक्षणका लागि सरकारले यस्तो समिति गठन गरेको हो । समितिमा १४ सस्य छन् । राष्ट्रपति रामवरण यादव चुरे क्षेत्रमा भएका वन, जंगल विनाको अनुगमनका लागि स्वयं त्यस क्षेत्रमा जाने कार्यक्रम रहेको समाचारहरु प्रकाशित भईसकेका छन् ।
चुरे क्षेत्रको वन, जंगल तिव्र रुपमा नोक्सानी भएपछि चौतर्फी चासो र चिन्ता जनाईएको थियो ।
मन्त्रिपरिषदको आज सिंहदरबारमा बसेको बैठकले नेपाली सेनाका प्राविधिक सहायक रथी डा.प्रकाशराज पाण्डे र डा.बच्चुराम केसीको समयावधी एक÷एक बर्षका लागि थप गरेको छ । पाण्डेले २०७० साल चैत १९ गते सम्म र केसीले २०७० साल चत्रै २५ गतेसम्म काम गर्न पाउने छन् ।
त्यसै गरेर सरकारले उत्थान समिति समेत बनाएको छ । समितिले वादी समुदायको उत्थानका लागि बिभिन्न काम गर्ने छ ।
सरकारले एकीकृत शहरी विकास आयोजना सञ्चालन गर्न एडीबीबाट चार अर्ब ६४ करोड रुपियाँ सहायता रकम स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्ले शहीदको परिभाषा एवं शहीद घोषणाको मापदण्ड बनाउन बनेको कार्यादलको समयपनि थप गरेको छ । कार्यदलले अरु एक महिना काम गर्न पाएको छ । कार्यदलको संयोजकमा एमाओवादीका पोलिटव्युरो सदस्य नवराज सुवेदी छन् ।
सरकारले काठमाडौं उपत्यका विकास कार्यक्रम पहिलो संशोधन नियमावली–२०५९ लाई पनि स्वीकृती प्रदान गरेको छ ।

प्रतिक्रिया