प्रवासमा ‘मिरिङ्रेन मिक्वा’

काठमाडौ : साहित्यकार राजकुमार तेयुङ ‘तरेबा’को चौथो कृति ‘मिरिङ्रेन मिक्वा’ शीर्षक गजलसङ्ग्रह सार्वजनिक भएको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरमा हालै आयोजित कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घ मलेसिया शाखाका महासचिव विश्वासदीप तिगेलाले उक्त कृति सार्वजनिक गरे । लिम्बू भाषा र सिरीजङ्गा लिपिमा लेखिएको उक्त कृति लिम्बू भाषाको तेस्रो गजलसङ्ग्रह र प्रवासबाट प्रकाशन भएको पहिलो कृति भएको बताइएको छ । नेपाली साहित्यको विकास, विस्तार तथा संरक्षणका लागि स्थापित विश्व नेपाली साहित्य महासङ्घ मलेसिया शाखाका अध्यक्षमा जीवन देवान, उपाध्यक्षमा दिलीप राई ‘सगर’,सचिवमा श्रीजन श्री, सहसचिवमा मणि राई ‘गोठाले’, कोषाध्यक्षमा गनिन्द्र विवश तथा सदस्यमा निरज सापकोटा, तरेबा, भीम स्नेही, जितेन राईलगायत छन् । (सौस)

प्रतिक्रिया