“खुसी भएर मलाई चुम्बन गरिन्”

११ वर्षअगाडिको कुरा, ११ कक्षामै पढ्थेँ । १७ वर्षको उमेरमै पहिलो डेटिङ भएको थियो । मान्छेजत्तिकै राम्रो थियो उनको नाम पनि– अन्जु † मायामा उमेर छेकबार हुँदैन भन्ने कुरालाई हाम्रो बन्धनले पनि पुष्टि गरेको थियो । उनी मभन्दा २–३ वर्षले जेठी हुँदी हुन्, अध्ययनमा पनि एक स्टेप अगाडि ।
हाम्रो पहिलो भेटचाहिँ मेरो जीवनकै पहिलो मिस्टर एन्ड मिस भ्यालेन्टाइन २००२ प्रतियोगितामा भएको थियो । उनकी दिदीले मिस र मैले मिस्टर भ्यालेन्टाइनको उपाधि जितेका थियौँ । आपसमा परिचय झाँगिएपछि धेरै ठाउँ घुम्न पनि निस्कियौँ, हामीबीच पर्पोज भने हुन सकेको थिएन । तर, एकअर्कालाई खुबै केयर गथ्र्यौं । म कुनै केटीसँग बोल्दा उनी रिसाउँथिन् । उनी कुनै केटासँग बोल्दा मलाई पनि त्यस्तै लाग्थ्यो । एकचोटि पिकनिक गएका थियौँ । करिब ३० जनाको हाराहारीमा साथीभाइ पनि थिए । त्यति बेला म अर्को केटीसँग बोल्दा, नाच्दा उनी रिसाइछन् । कति दिन त बोल्दै बोलिनन् । तैपनि माया भने थियो । भेटेको करिब एक वर्षपछि एउटा साथीको माध्यमबाट हामीबीच मायापिरतीको कुरा भएको थियो, पशुपतिमा । भदौ ७ गतेको दिन थियो, त्यहाँ करिब ४० मिनेटजति बस्यौँ होला । हामी दुई मात्र थियौँ । पहिला त सँगै हुँदा खुबै जिस्किइन्थ्यो । त्यस दिन त खोइ के भो के भो, बोल्नै सकिएन । गाह्रो गरी वाक्य फुटाएँ अनि भनेँ, ‘हेर तिमीलाई माया गर्छु भन्न पनि एक वर्ष लाग्यो ।’ त्यस्तो केही विशेष गिफ्ट लगेको थिइनँ, उनको र मेरो फोटोलाई ठूलो बनाएर दिएको थिएँ । उनी एकदमै खुसी भइन् र मलाई चुम्बन गरिन् । त्यसो त यसअघि पनि हामी विभिन्न ठाउँमा घुम्नचाहिँ गइरहन्थ्यौँ । ती ठाउँमध्ये चाँगुनारायण एक थियो ।
हाम्रो सम्बन्धमा घरपरिवार पनि एकदमै सकारात्मक थियो । उनको घर प्राय:जसो मेरा लागि पनि आफ्नै घरजस्तो हुन्थ्यो, म उनको घर गइरहन्थेँ । २०६३ सालको होलीमा एउटा अविस्मरणीय घटना भयो । काठमाडाँैमा ६–७ दिन अगाडिदेखि लोला हान्ने चलन थियो । हामी एकैछिन् घरबाट घुम्न निस्किएका थियौँ । उनलाई केटाहरूले फोहोर लोलाले हाने । १० जना जति थिए । मलाई साह्रै रिस उठ्यो । सुरुसुरु गएर सबैभन्दा पहिला लोला हान्ने केटालाई चाहिँ एक मुक्का दिएँ । गर्लफ्रेन्ड सँगै हुँदा झनै धेर रिस उठ्ने रहेछ । ती सबै केटा ममाथि आइलाग्न थाले । म अञ्जुलाई सेभ गर्न थालेँ । केटाहरूले मलाई केहीबेर कुटे पनि । तर, त्यति बेलै पुलिस आइपुगेछ, तिनीहरूलाई लिएर गयो ।
हामीबीच मायाको साँचो सम्बन्ध थियो, त्यसैले सेक्स सम्बन्ध नौलो कुरो रहेन । पहिलो सेक्स सम्बन्धपछि त हाम्रो माया झनै गाढा हुँदै गयो । सेक्सका मामिलामा चाहिँ केटै अगाडि भइँदो रहेछ । पहिलोचोटि यस्तो सम्बन्ध भइसकेपछि उनले आँसु झारेकी थिइन् । उनलाई डर लागेको रहेछ– मैले छाडिदिने पो हुँ कि † तर, म उनीसँगै बिहे गर्ने सोचमा थिएँ र छु । तीन वर्षपछि हाम्रो सम्बन्धलाई विवाहसम्म पुर्‍याउनुपर्ला ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया