दोस्रो पटक सूचना टाँस गरी बैठक स्थगन

काठमाडौं, १४ वैशाख । संविधानसभाको आजको बैठकपनि सूचना टाँसेर गरेर स्थगित गरिएको छ ।
अब अर्को बैठक वैशाख–१७ गते आइतबार अपरान्ह १ बजे बस्ने छ । संविधानसभा बैठक सूचना टाँस गरेर आज सहित दोस्रो पटक स्थगित गरिएको हो ।
संविधासनभा कार्यव्यवस्था परामर्श समितिको आज बसेको बैठकको निर्णयानुरुप सूचना टाँस गरेर बैठक स्थगित गरिएको संविधानसभाको सचिवालयले जनाएको छ ।
संविधानसभाको १ यस २१औं बैठक आज ३ बजेका लागि बोलाइएको थियो ।
नयाँ संविधानका न्यायपालिका, नागरिकता, राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली जस्ता विषयमा दलहरुबीच सहमति कायम गर्न उच्चस्तरीय छलफल चलिरहेकाले संविधानसभाको बैठक स्थगन गरिएको नेताहरुको भनाई छ ।

प्रतिक्रिया