‘भौतिक संरचनाको लागत संकल सुरु’

जनकपुर,१४ वैशाख । खेलकुद तथा संस्कृति विकास कोष जनकपुरले जनकपुर अञ्चलभरिका गाविसका खेलकुद भौतिक संरचनाको लागत विवरण संकलन गर्ने कार्य आजदेखि सुरु गरेको छ  ।
कोषले भौतिक संरचनाको लागत सकंलन कार्यमा स्थानीय खेलकुद क्लव तथा गाविस कार्यालयको विवरण उपलब्ध गराउन प्रेस विज्ञप्ती मार्फत आग्रह गरेको छ ।
सिन्धुलीका ५३, महोत्तरीका ७६, धनुषाका एक सय एक र सर्लाहीका ८९ गाविस गरि कुल तीन सय २९ वटा गाविसमा खेलकुदका भौतिक संरचनाको लागत विवरण संकल कार्य सुरु गरिएको अध्यक्ष जीतेन्द्र महासेठले जानकारी दिए ।
स्थानीय क्लवको सहयोग र सहकार्यका लागि विवरण सकंलनको काम सुरु गरिएको छ । सम्बन्धित जिल्ला खेलकुद विकास समितिक कार्यालय र खेलकुद तथा सांस्कृति विकास कोषको  कार्यालय जनकपुरमा विवरण बुझाउनु पर्ने छ ।

प्रतिक्रिया