पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण

इस्लामावाद : पाकिस्तानले बुधबार परमाणु हतियार बोकी मध्यदूरीसम्म मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । छिमेकी राष्ट्र भारतले पाँच हजार किलोमिटरभन्दा परसम्म मार हान्न सक्ने अन्तरमहाद्वीपीय क्षेप्यास्त्र परीक्षण गरेलगत्तै पाकिस्तानले ‘हत्फ–४’ नामक क्षेप्यास्त्रको सफल परीक्षण गरेको हो ।
पाकिस्तानी सेनाले वक्तव्य जारी गरी समुद्रमाथि क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ । यसको मारक क्षमता खुलाइएको छैन । तर, ‘हत्फ–४’ ले पाकिस्तानको क्षेप्यास्त्र प्रणालीलाई थप मजबुत गर्ने र यसको मारक क्षमता बढाउने दाबी गरिएको छ । मध्यमदूरीको क्षेप्यास्त्रले तीन हजारदेखि पाँच हजार किलोमिटर परसम्म निसान साध्न सक्छ । यसअघि पाकिस्तानसँग दुई हजार किलोमिटरसम्म मार हान्नसक्ने क्षमताको क्षेप्यास्त्र थियो । यसले भारतको जुनसुकै सहरमा निसान साध्न सक्छ । (एजेन्सी)

प्रतिक्रिया