धेरै संघीय राज्य थोग्न सकिदैनः अध्यक्ष झा

काठमाडौं १३ वैशाख । संघीय सद्भावना पार्टीका नवनिर्वाचित अध्यक्ष अनिलकुमार झाले मुलुकमा धेरै संघीय राज्य बनाउन नहुने बताएका छन् । उनले भूगोलका आधारमा हिमाल, पहाड र मधेस गरी जम्मा तीनवटा मात्र प्रदेश अलग अलग हुनुपर्ने बताए ।
राजधानीमा आज आयोजित साक्षत्कारमा उनले मुलुकले धेरै प्रदेश थेग्न नसक्ने भएकाले तीन वटा मात्रै संघीयता बनाउन प्रस्ताव गरेका हुन् । अखण्ड नेपालको जनचाहनालाई आत्मसात गरी राजनीतिक दलहरुले तीन प्रान्तमा विभक्त गरी संघीयतामा जानुपर्ने झाको भनाई छ ।
अध्यक्ष झाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीको पक्षमा नरहेको जनाउँदै मुलुकमा संसदीय प्रणाली कायम राखी यसैलाई बलियो बनाउनु पर्ने बताए ।
उनले भने, ‘सेरमोनियल राष्ट्रपति र संसदबाट चुनिएको कार्यकारी प्रधानमन्त्री नै उपयुक्त हुन्छ ।’

प्रतिक्रिया