बाध्यताको अर्को नाम आर्यन

चलचित्रसम्बन्धी कार्यक्रमहरूमा कमै देखिन्थे ‘चुजी’ नायक आर्यन सिग्देल । त्यति मात्रै हो र † आफैँले अभिनय गरेको चलचित्रको मुहूर्तमा देख्न पनि मुस्किल पथ्र्यो । मेरो एउटा साथी छ चलचित्र सफल भएपछि उनको सान निकै बढ्यो । भन्ने गर्थे, ‘थोरै चलचित्र गर्छु, राम्रो गर्छु ।’ कुनै निर्माताले अफर गरे उनको ‘डिमान्ड’ पनि ‘ठूलै’ हुने सुनिन्थ्यो । त्यो डिमान्ड पूरा गरिदिएर खेलाउन सक्ने निर्माता उति धेरै भएनन् । तैपनि कसैकसैले त पत्याएकै हुन् । तर, यसपछिका कति चलचित्र निर्मातासँग उनको सम्बन्ध बिग्रन थाल्यो त केही चलचित्र व्यापारका दृष्टिले बिग्रन पुगे । सधैँभरि बढी पैसा दिएर कसले ‘रिस्क’ मोलोस्, आर्यनलाई चलचित्र पाउन मुस्किल–मुस्किल पर्न थालेको लख काटे धेरैले । तर, हिजोआज उनी चलचित्रका कार्यक्रममा निकै देखिन थालेका छन् । बचेखुचेका चलचित्रको मुहूर्त पनि भ्याउँछन् । निर्माता–निर्देशक उनकामा धाउँदै आएकामा उनीचाहिँ त्यतातिर धाउन थालेका छन् । एक कार्यक्रममा चलेका कुनै निर्देशकसँग उनले कानेखुसी गरेको सुनियो, ‘अरूसँगजस्तो डिमान्ड तपाईंकामा कहाँ हुन्छ र, मिलाएर गरिहाल्छु नि †’
किन पछाडि हटे त आर्यन आफ्नो अडानबाट ? भएछ के भने ‘बढी डिमान्ड’ का कारण चलचित्र पाउनै छाडेपछि आम्दानीको बाटो नै सुक्दै गयो । बल्लबल्ल किनेको गाडीको किस्ता तिर्नसमेत धौ–धौ । अब परेन फसाद † बाध्य भएर आफ्नो अडानबाट तल झर्नै परिहाल्यो नि † डिमान्डका नाममा आउँदै नआउनुभन्दा अलिअलि मात्रै आए पनि गर्जो त टर्छ नि † यस्तै हो, चकलेटी ब्रो † अब बाध्यताका अगाडि दैवको त केही लाग्दैन भन्छन् । एउटा निर्माता समातेर चलचित्र पो बनाउने हो कि कसो– बाध्यताको अर्को नाम आर्यन भनेर †

प्रतिक्रिया