‘प्रदेश र सदनमा सहमति’

काठमाडौं, १२ वैशाख । प्रमुख दलहरुले राजनीतिक सहमति माफर्त शासकीय स्वरुप अन्तर्गतको सदन र संघीय प्रदेशहरुको नाम तथा संख्यामा अनौपचारीक सहमति जुटाएका छन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा आज दिनभरी भएका राजनीतिक बार्ता र सम्वाद पछि सदनमा रहने संख्या तथा संघीय राज्यको नाम एवं संख्यामा सहमति जुटाएको नेताहरुको भनाई छ ।
नागरिकताको अधिकांश विषयमा सहमति जुटेपनि विदेशी जवाईलाई नागरिकता दिने भन्नेमा भने बिवाद छ । यद्यपि बिदेशीलाई सात बर्ष पछि भने आफ्नो मुलुकको नागरिकता त्यागेको प्रमाण पेश गरेमा प्रकृया पुराएर नागरिकता दिईने छ ।
दलहरुका बीच भएका सहमति र प्रयासहरुका बारेमा कांग्रेसको अनौपचारीक केन्द्रीय समिति बैठकमा पार्टीका प्रमुख नेताहरुले जानकारी गराएका थिए । बैठकमा सभासदहरुको पनि सहभागिता रहेको थियो ।
राजनीतिक सहमति अनुसार ३ सय २५ सदस्सीय तल्लो सदनमा १ सय ८० जना प्रत्यक्ष निर्वाचित तथा १ सय ४५ जना समानुपातिक मार्फत सदस्य आउने प्रावधान राखिन कांग्रेस केन्द्रीय सदस्य बद्रि पाण्डेले जानकारी दिए ।
त्यसै गरेर ६० सदस्सीय माथिल्लो सदनमा ५० जना प्रदेशबाट र दस जना समाजका बिभिन्न क्षेत्रबाट ल्याउने सहमति दलहरुका बीच भएको छ । प्रदेशमा सदन ३५ सदस्सीय सम्म बनाईने छ ।
प्रदेशमा पनि दलहरुका वीच सहमति भएको छ । लिम्ववान र खम्वुवान, लाम्सालिङ र नेवाः, तमूवान र मगरात, कर्णाली र सुदूरपश्चिम, पर्सादेखि सप्तरी, थारुहट र लुम्बिनीलाई जोडेर संघ बनाईने छ । ती संघका नाम भने पछि राखिने कांग्रेस नेता पाण्डेको भनाई छ ।
बैठकमा अर्जुननरसिंह केसी, रामशरण महत, मानबहादुर विश्वकर्मा लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया