ठूलाद्धारा सानालाई जानकारी मात्रै

काठमाडौं, १२ वैशाख । नयाँ संविधानका बिवादित बिषयमा सहमति जुटाउने प्रयासमा रहेका प्रमुख दलहरुले गृहकार्यका बारेमा संविधानसभाका अन्य दलहरुलाई जानकारी गराएका छन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा एमाओवादी, कांग्रेस, एमाले तथा मधेसी मोर्चाले हालसम्म भएका राजनीतिक परामर्शहरुका बारेमा जानकारी गराएका हुन् ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाओवादी नेता देव गुरुङले अन्तरिम संविधान विपरितका सहमति नगर्न ठूला दललाई आग्रह गरेका छन् । उनले निर्वाचन प्रणालीमा पूर्ण समानुपातिक हुनुपर्ने बताएका छन् । बैठकले ठोस निर्णय भने केही गरेन ।
अन्य दलहरुले राज्य पुनर्सरचना, शासकीय स्वरुप र अन्य बिषयहरुमा राजनीतिक सहमतिका साथ जेठ–१४ गते भित्रै संविधान जारी गर्ने गरेर काम अघि बढाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया