‘प्रमुख दलहरु दिनभरी आन्तरिक परामर्शमा’

काठमाडौं, १२ वैशाख । एकीकृत माओवादी, कांग्रेस, एमाले, मधेसी मोर्चा सहित संविधानसभाका बिभिन्न राजनीतिक दलहरुले राज्य पुनर्संरचना र शासकीय स्वरुप लगायत नयाँ संविधानका बिवादित बिषयमा सहमतिका लागि  आज आन्तरिक र दुई पक्षीय छलफल गरेका छन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा दलहरुले बिवादित बिषयमा भएका मतभेद हटाउनका लागि आन्तरिक छलफल गरेका हुन् ।
एमालेले राजधानीमा उपलब्ध प्रमुख नेताहरुको बैठकले शासकीय स्वरुप र राज्य पुनर्संरचनाका बिषयमा पुरानै अडान यथावत राख्ने निष्कर्ष निकालेको छ । एमालेले राज्य पुनर्संरचना गर्दा संघीय थोरै राज्य बनाउनु पर्ने निष्कर्षमा पुगेको छ । उसले शासकीय स्वरुपमा पनि मिश्रित प्राणालीमा जानुपर्ने जनाएको छ ।
उता, कांग्रेसले पनि सीमित अधिकार सहित प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा लचिलो हुने संकेत गरेपनि केन्द्रीय सदस्य र सभासदले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई अधिकार नदिदा समस्या आउने सुझाव नेतृत्लाई दिएका छन् । नेतृत्वले केन्द्रीय सदस्य र सभासदहरुलाई हाल सम्म बिवादित बिषयमा भएका सहमति र छलफल एवं परामर्शहरुका बारेमा जानकारी गराएका थिए ।
उता, एमाओवादीले भने कार्यकारी अधिकार सहितको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पछि नहट्ने जनाईसकेको छ ।

प्रतिक्रिया