‘संघीयता विरोधी एमाले नेतृत्व मानिदैन’

काठमाडौं १२ वैशाख । एमाले पोलिटब्युरो सदस्य विजय सुव्वाले जातीय आधारमा अलग लिम्वुवान राज्यको माग गरेका छन् ।
उनले जातीय राज्यको माग पुरा नभए पार्टी विरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् । राजधानीमा आज आयोजित अन्तरक्रियामा एमाले पोलिटब्युरो सदस्य सुव्वाले १४ राज्यको अबधारणमा हेरफेर गरे ठूला दलहरु विरुद्ध आन्दोलन गर्ने बताए ।
सुव्वाले १४ प्रदेशमा घटाए राज्य बनाए आफूहरुले नमान्ने चेतावनी दिए । उनले एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, केपी केपीओलीले पार्टी निर्णय विपरीत संघीयता विरुद्ध बोलेको आरोप लगाएका छन् ।
सुव्वाले भने, ‘पार्टी निर्णय विरुद्ध जानेअधिकार कसैलाई छैन, त्यस्तो नेतृत्व हामी मान्दैनौं ।’

प्रतिक्रिया