निमित्त प्रमुखलाई दुव्र्यवहार

काभ्रे : लोकतन्त्र दिवसकै दिन पनौती नगरपालिकाका निमित्त कार्यकारी अधिकृत इन्द्रप्रसाद अधिकारी र इन्जिनियर प्रेमकुमार सोनामलाई कालोमोसो दलेर नगर घुमाइएको छ । उपभोक्ता समिति गठनका लागि पुगेका अधिृकतद्वयलाई पनौती–१३ मकैटार पस्थलीका स्थानीयले सोमबार बिहान मोसो दलेर नगरपरिक्रमा गराएका हुन् ।
नगरपालिकाले डम्पिङ साइट/ल्यान्डफिल साइट निर्माणको काम अगाडि बढाएपछि स्थानीयले विरोध गर्दै आएका थिए । दलीय संयन्त्रले निर्णय गरेर नौ रोपनी जग्गा खरिदपछि नगरपालिकाले निर्माण प्रक्रिया अगाडि बढाएको थियो भने स्थानीयले जग्गा खरिदलगत्तै जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र दर्ता गराउँदै नबनाउन आग्रह गर्दै आएका थिए ।
स्थानीयको विरोधपछि निर्मित उपभोक्ता समिति भंग गरी अर्को समिति बनाउने क्रममा पुगेका कर्मचारीलाई नियन्त्रणमा लिएर मोसो दलिएको हो । स्थानीयले मोसो दलेर गाउँ परिक्रमा गराएपछि वडा कार्यालयमा गरिएको कोणसभामा गाउँमा ल्यान्डफिल साइट नबनाउने कागजमा हस्ताक्षर गराएका छन् । जनप्रतिनिधिविहीन अवस्थामा दलहरूले गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा स्थानीय क्षेत्रमा पुगेका कर्मचारीमाथि भएको अभद्र व्यवहारको काभ्रेस्थित कर्मचारी संगठनहरूले विरोध गरेका छन् । पनौती नगरपालिकामा २२ दिनदेखि कार्यकारी अधिकृत छैनन् । (सौस)

प्रतिक्रिया