अध्यक्ष र प्रधानमन्त्री अवसरवादीः चन्द

इलाम, ११ वैशाख । एकीकृत माओवादीका पोलिटव्युरो सदस्य नेत्र बिक्रम चन्दले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बावुराम भट्टराई क्षमतावान् नेता भएपनि अवसरवादी चरित्रका कारण विश्वास गर्न नसकिएको बताएका छन् ।

इलाममा आज भएको वैद्य पक्षीय कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा दाहाल र भट्टराईलाई विश्वास गरे पार्टीलाई ठूलो धोका हुने दाबी गरे ।

अवसरवादी चरित्र भएकै कारण उनीहरुले जनमुक्ती सेनालाई नेपाली सेनाको घेरा बन्दीमा पारेको चन्दको आरोप छ ।

‘दाहालले सेनाको सवालमा आत्मसर्मपण गरेका छन्,’ नेता चन्दले भने, ‘अध्यक्षले नाटकीय ढंगले जनुमक्ती सेनालाई विसर्जन गराए ।’

सेनालाई घेरा बन्दी गरेको चैत–२८ गते पार्टीका लागि कालो दिन भएको चन्दले उल्लेख गरेका छन् ।

एक अर्को प्रसंगमा चन्दले अध्यक्ष दाहालले पार्टीमा एकता भन्दापनि विभाजनको व्यवहार देखाएको आरोप लगाए । उनले आगो र पानी एकै ठाउ“मा बस्न नसक्ने भन्दै पार्टी फुटको संकेत समेत गरे ।

प्रशिक्षणमा एक सय पचास जना वैद्य पक्षीय कार्यकर्ताहरको सहभागिता रहेको थियो ।

प्रतिक्रिया