‘हलोदेखि हाइड्रोसम्म लगानी’

 

 

यमनाथ न्यौपाने, नायव महाप्रबन्धक–ब्राइट बिकास बैंक

बैकंको लक्ष्य के छ ?
– अन्य बैंकसरह यो बैंकको उद्देश्य पनि सहरी तथा ग्रामीण क्षेत्रमा रहेको बचत रकमलाई संकलन गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने र देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने नै हो । यसो गरिरहँदा बैंकिङ् गतिविधिबाट अधिकतम लाभ हासिल गरी सोयरधनीलाई उच्चतम प्रतिफल दिनु पनि रहेको छ ।
जिल्लामा धेरै बैकं छन्, बैंकहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुँदैन र ?
– काभ्रेमा पनि धेरै संख्यामा बैंकहरू छन् तापनि बैंकहरूबीचको प्रतिस्पर्धा स्वस्थ नै रहेको छ । बैंकहरूले आनो उत्पादनलाई ग्राहकसामु ल्याई प्रतिस्पर्धी ब्याजदर र स्थानीयस्तरमा आनो छुट्टै पहिचान गरी सम्बन्धका आधारमा प्रवर्धन तथा व्यावसायिक आधार बनाएका छन् ।
तरलताको समस्या पनि छ ?
– हाल देशको अर्थतन्त्रमा तरलताको समस्या छैन । बरु अधिक तरलता रहेको परिस्थितिमा यस बैंकमा पनि तरलताको अवस्था सन्तोषजनक रहेको छ । बरु त्यसमा पनि उचित खाले लगानीका क्षेत्र पहिचान गरी लगानी बढाउने अवस्था रहेको छ ।
बैंकको लक्षित समूह कुन हो ?
– समग्रमा सबै खाले ग्राहकवर्गको आवश्यकतालाई परिपूर्ति गर्न सुलभदरमा कर्जा उपलब्ध गराउने नीति बंैकको रहेको छ । मुख्यगरी व्यापारी वर्ग, कृषक, साना तथा मझौला उद्योगी व्यवसायीलाई कर्जा प्रवाह गर्ने गरिएको छ ।
लक्ष्य हासिल गर्न बैकं सफल छ त ?
– बैंकले आनो आकार वृद्धि गरी व्यवसायको क्षेत्रलाई विस्तार गर्न निकट भविष्यमै सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी सुरु गरिसकेको छ । त्यसैगरी चितवनमा शाखा विस्तार गर्नेतर्फ पनि बैकंले काम अघि बढाएको छ । हाल बैंकको निक्षेप, लगानी र मुनाफा अत्यन्त सन्तोषजनक रहेको छ ।
मर्जरमा जाने सोचाइ छ कि ?
– विभिन्न विकल्पमध्ये बैंक हालकै अवस्थामा रहने वा एकआपसमा गाभिने भन्ने विषय आºनो ठाउँमा छ । बैंकको पुँजी, निक्षेप, लगानी, मुनाफा अत्यन्त सन्तोषजनक रहेको अवस्थामा पुँजी वृद्धि र शाखा विस्तारपश्चात् बैंक अझ सवल र सक्षम हुने हुँदा मर्जरलाई एक विकल्पका रूपमा लिइहालेको छैन तर सो विषयमा प्रारम्भिक अध्ययन भने भइरहेको छ ।
थप कार्यक्रम ल्याउने योजना छ कि ?
– कार्यक्षेत्र भएका ठाउँमा बैंकको हालका विद्यमान उत्पादनका अलावा साना व्यवसायी तथा कृषकलाई मध्यनजर गरी लघुवित्त कार्यक्रमको विषयमा अध्ययन भइरहेको छ । त्यस्तै चितवन र मकवानपुरमा समेत बैंकको सेवा विस्तार गर्ने योजना रहेको छ ।
घरघरै सहकारी भएकाले रकम संकलन गरिरहेका छन्, यस्तो     अवस्थामा बैकंको सेवालाई प्रभावकारी बनाउन के गर्नुपर्ला ?
सहकारी र बैंकका आआनै ऐन, नियम, नीति, कार्यक्षेत्र र काम गर्ने तौरतरिका फरकफरक हुन्छन् । सहकारीले पनि ग्राहकलाई नै सदस्य बनाई रकम संकलन गरी सदस्यलाई नै लगानी गर्ने वातावरणले बैंकका क्रियाकलापमा केही संकुचन हुनजाने भएता पनि बैंकसँग गरिने कारोबार, क्षेत्र, सेवा, सञ्जाल र गतिविधिले गर्दा बैंकिङ् सेवा पृथक रही प्रभावकारी नै रहेको छ ।
राष्ट्रबैकंको नीति–नियमले विकास बैंकलाई अप्ठ्यारो बनाएको छ कि ?
– केन्द्रीय बैंकबाट जारी हुने ऐननियमले समग्र आर्थिक क्षेत्र प्रभावित हुने भएकाले त्यहाँबाट जारी हुने हरेक नीति, नियमहरू तर्जुमा गर्दा दूरदर्शी भई दीर्घकालीन दृष्टिकोण राखेर नियमहरू बनाइएका खण्डमा त्यसले स्थिरता ल्याई दिगो विकास गर्न सघाउ नै पुर्‍याउने हन्छ ।
ग्राहकलाई के भन्नुहुन्छ ?
– हाम्रो बैंक काभ्रे जिल्लामा अवस्थित छ । आºनो कार्यक्षेत्रको जिल्लामा विस्तार हुने क्रममा रहेको छ । सेयर निष्कासन गर्न लागिरहेको तथा बैंकको वित्तीयस्थिति अत्यन्त सबल रहेको छ । बैकंले ग्राहकलाई आºनो सेवामार्फत निकट भविष्यमै अझ स्तरीय सेवा प्रदान गर्दै जान्छ ।

प्रस्तुती : मोतीराम तिमल्सिना

प्रतिक्रिया