संरक्षित अपराधीलाई कारबाही हुन्छ

काठमाडौ, १० वैशाख । प्रधानमन्त्री बावुराम भट्टराईले राजनीतिक आवरणमा हुने गुण्डागर्दी वा अपराधमा संलग्न जो कोहीलाई मुलुकको कानून अनुसार कारवाहि गरिने बताएका छन् ।

उनले अपराधमा संलग्न हुने जुनसुकै पार्टीमा संलग्न भए पनि अपराधीलाई छुटाउन नेताहरुले दवाव दिन नहुने बताए ।

प्रधानमन्त्री भट्टराईले आज राजधानीमा बसेको शीर्ष नेताहरुको वैठकका क्रममा भने, ‘राजनीतिक आवरण वा जुनसुकै पार्टीको नाममा हुने गुण्डागर्दी, अपराधमा संलग्न हुने जो कोही व्यक्ति भए पनि कानून अनुसार कडा कारवाही हुन्छ ।’

प्रधानमन्त्री भट्टराईको प्रस्तावमा नेताहरुले मौखिक सहमति जनाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । उनीहरुले कानून विपरित क्रियाकलाप गर्नेलाई रिहा गर्नका लागि राजनीतिक दबाव नदिने प्रतिवद्धता समेत जनाएका छन् ।

शीर्ष नेताहरुवीच भएका सहमति सुरक्षा प्रमुखहरुलाई जानकारी दिँदै भट्टराईले राजनीतिक आवरणमा हुने गुण्डागर्दी र अपराधलाई अन्त्य गर्ने कार्यमा ढुक्कसँग लाग्न अधिकारीहरुलाई आजै निर्देशन दिएका छन् ।

प्रतिक्रिया