म बहुला होइन : बि्रभिक

ओस्लो, ९ वैशाख । गत जुलाईमा अन्धाधुन्ध गोली प्रहार गरी ७७ सर्वसाधारणको हत्या गर्ने नर्वेली नागरिक एन्डर्स बेहरिङ बि्रभिकले आफू बहुला नभएको बताएका छन् । उनले गरेको हत्याबारे अदालती कारबाही जारी रहेका बेला वकिलले सोधेको प्रश्नको जवाफमा शुक्रबार उनले यस्तो बताएका हुन् ।
‘मेरो ‘केस’ मनोरोगसँग सम्बन्धित छैन । जब तिमीहरू अति आशक्तिपना देख्छौ, त्यसलाई पागलपन भन्ठान्छौ । तर, तिमीले राजनीतिक अतिवाद र पागलपनबीचको भिन्नता बुझ्न आवश्यक छ,’ उनले भने । मुसलमान आप्रवासीलाई स्वागत गर्ने युरोपेली राष्ट्रको नीतिले कालान्तरमा युरोपलाई मात्र नभई सम्पूर्ण विश्वलाई मुसलमान साम्राज्यमा परिणत गराउने भविष्यवाणी गर्दै उनले यसप्रति युरोपेली सरकारको ध्यानाकर्षण गराउन आक्रमण गरेका थिए ।
अनौठो विचार प्रतिपादन गर्ने र यसप्रति मानिसको ध्यानाकर्षण गराउन हत्याकाण्ड मच्चाउने उनको शैलीका कारण उनी मानसिक रोगी रहेको आशङ्का गरिएको छ । उनी मानसिक रोगी नभएको पुष्टि भए उनलाई कम्तीमा २१ वर्षको जेल सजाय सुनाइनेछ । तर,  मानसिक रोगी ठहराइए उपचारपछि उनलाई समाजमा पुनःस्थापना गराइने सम्भावना हुन्छ ।

प्रतिक्रिया