जनकपुर, ९ वैशाख । आन्तरिक गुटफुट र संकटमा रहेको सद्भावना पार्टीले आफ्नो महाधिवेशन वैशाख–२२ गते जनकपुरमा गर्ने निर्णय गरेको छ । अधिवेशनबाट पार्टीको नयाँ नीति र संगठनात्मक रुपमा बिभिन्न निर्णय गरिने छ ।
जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री समेत रहेका अध्यक्ष राजेन्द्र महतोले वैशाख–२२ गते देखि जनकपुरमा हुने महाधिवेशनबाट नीतिगत रुपमा देशभरि संगठन बिस्तार गर्ने बताए ।
अध्यक्ष महतोले देशमा भावनात्मक एकताको आभाव रहेको भन्दै सद्भावनाले देशको समस्या पहिचान गर्नका लागि राष्ट्रिय स्तरमा संगठन बिस्तारको आवश्यक गरेको बताए ।
महाधिवेशनबाट सद्भावनालाई संगठनात्मक रुपमा राष्ट्रिय पार्टीको रुपमा परिणत गर्ने उनले दाबी गरेका छन् ।
उनले मुलुकमा राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको समेत बताएका छन् । मन्त्री महतोले बर्तमान सरकार ढाल्नु भन्दापनि प्रधानमन्त्री बाबुराम भट्टराईलाई नै निरन्तरता दिएर राष्ट्रिय सरकार बनाउदा राम्रो हुने बताए ।
प्रतिक्रिया