आसु र हासोको दारुण कथा

जिन्दगीले कहा कतिबेला कस्तो मोड लिन्छ, कसैले केही भन्न सक्दैन । त्यसमा पनि ७१ वर्षीय श्याम चित्रकारले त झनै नसक्ने कुरा हो यो । ‘कलर चेन्जिङ’ पावरदार चस्माबाट उनी बाहिरी संसार चियाउछन्, मुसुमुसु हास्छन् र शालीन तरिकाले केही बोल्छन् । यही उनको ‘लाइफ स्टाइल’ हो । तिल–चामल हुदै गएको कपाल, गोरो अनुहार र सेतै जुगाले उनको पूर्ण जीवनकहानी भन्दैनन् । कमलो मन र मुटु हुनेहरूको छाती चिरिन्छ, छियाछिया हुन्छ, ह्दय उनको दारुण किस्सा सुनेर, जतिखेर उनी आङ्खनो आलो घाउ कोट्याउछन्, ‘२८ वर्ष पुगेको छोराले अचानक हामीलाई छाडेर गयो । रोगव्याधि वा कालगतिले होइन, प्रेमवियोगमा परेर उसले आफूलेले परलोकको बाटो समात्यो ।’
श्याम र उनकी पत्नी गृहलक्ष्मी धेरै समय भावविह्ल भएर बसे । एकमात्र छोरा गुमाएको विरहको आगोमा दन्दनी जलिरहे । न कुनै मलम थियो न कुनै सञ्जीवनी । दिनहरू बित्दै गए तर त्यसरी धेरै समय बिताउन सकिदैनथ्यो । अनि, उनीहरूलाई लाग्यो– जीवन वास्तवमा बाच्नेहरूका लागि रहेछ । बाच्न पनि पर्दो रहेछ । र, बाच्नका लागि संघर्षमा होमिनुपर्ने रहेछ । जिन्दगीको राजमार्गमा थामिन नमिल्ने रहेछ ।
अनि फेरि सांसारिकता फर्कियो, पहिलेजस्तै आपाधापी सुरु भयो तर कोलाहलबीच पनि अब मनमा कहिल्यै नभरिने एउटा खालीपन आयो र ह्दयमा कहिल्यै नहट्ने अव्यक्त उदासी, मानवसागरबीच पनि एक्लैएक्लै भएजस्तो ।
श्यामले कहिल्यै दर्शनशास्त्रका गूढताहरू पढेनन्, बुझेनन् पनि । राजनीतिका वादहरूले पनि खासै आकर्षित गर्न सकेनन् । बरू आङ्खनै जीवनले भने उनलाई जिन्दगीको दर्शन सिकायो– आफूलाई निष्क्रिय राख्नुहुदैन । जस्तो भए पनि काममा व्यस्त राख्न सक्ने हो भने जुनै परिस्थितिमा पनि सामान्य किसिमले जिउन सकिदो रहेछ । उही, भागवत् गीतामा भनिएजस्तै, ‘काम गर्दै जाउ, फलको आशा नगर । कर्ममा तिम्रो अधिकार छ, फलमा छैन ।’ (तर कर्म गर्दै गएपछि केही न केही फल त अवश्य पनि पाइन्छ नि) ।
सामान्यतया ७१ वर्षको उमेरलाई काम गर्ने उमेर भनेर हेरिदैन । पिढी कुर्ने, नातिनातिना हेर्ने, समवयी भेटिएमा ‘फर्केर नआउने दिनहरू’को सम्झना–बिर्सना गर्ने र कथाकुथुंग्रीहरूको जोहो गर्ने बेलाजस्तो मानिन्छ सात दशक पुगिसकेको चोला । तर, श्याम अहिले पनि तन्दुरुस्त छन् । बिहान सबेरै उठ्छन्, करिब एक घन्टा योगासन र प्राणायाम गर्छन् । पहिलेपहिले लामो ‘मर्निङ वाक’ मा जान्थे, छोराले देहत्याग गरेपछि त्यसरी मर्निङ वाकमा जान छोडे– उसको सम्झना ताजा भएर आउछ रे । आखिर लक्का जवान छोरो बाबुको निकट साथीजस्तो जो थियो । पारिवारिक व्यवसाय ‘ग्राफिक भिजन मिडिया’ फोटोपसलमा समय दिएर आमालाई सघाउन नपाएको पीडा पटकपटक भन्ने गथ्र्यो र पछि कुनै बेला पूरै समय दिएर सहयोग गर्ने भन्थ्यो । तर, ऊ वाचा तोडेर कहिल्यै नफर्किने गरी गयो ।
श्यामको बालापन, अझ भनौ विवाह हुनुअघिसम्मको जीवन कुनै फिल्मी कहानीजस्तो छ । तिनताकाको काठमाडौंको टुडीखेलमा एउटा ठाउ थियो– हात्तीपाटी । त्यहा उनका पिता डिल्लीबहादुरले चिया र नेवारी मिठाई पसल चलाउथे । आमा सूर्यमाया सम्पूर्ण रूपले गृहिणी । उनलाई पढ्न खासै मन लाग्दैनथ्यो, त्यसैले प्रायः पसलमा बस्न जान्थे । पैसाको चलखेल गर्न भ्याउथे, साथीहरूलाई बटुलेर खर्च गर्थे र अघोषित टोलीनेता बनेका हुन्थे । भाडाको साइकल खुबै चढ्थे । पौडी खेल्न लैनचौर र बालाजुसम्म पुग्थे । पछिपछि त चालकहरू पैसा दिएर काठमाडौं–भक्तपुर रुटका गाडी चलाउन सिक्न पुग्थे, सिके पनि । उनी भन्छन्, ‘खोइ, मेरो त भाग्यै त्यस्तो छ, हरेक कुराका लागि धेरै मिहिनेत गर्नुपर्ने ।’ सायद त्यही भएर होला, एसएलसी पास गर्न उनले चारपटक जाच दिनुपर्‍यो । तीनपटक असफल भइसकेकाले चौथोपटकमा त चिट चोरेरै दुःख दिइरहने विषय संस्कृत र त्यससितै एसएलसी पनि कटाएछन् । तर, त्रिचन्द्र कलेज पुगेको पढाइ प्रमाणपत्र तहभन्दा माथि कहिल्यै उक्लेन । अचेल उनको जीवनअनुभव बोल्ने गर्छ, ‘पढ्नुचाहि पर्ने नै रहेछ । पढ्ने बेलामा स्कुल नगएर घुमीघुमी हिडेको सम्झिएर अहिले उमेरको यो क्षणमा पछुतो हुन्छ । तर, केही गर्न सकिदैन ।’
नपढ्ने स्वभावले गर्दा तिनताकाको सजाय (सिस्नोले अथवा बेतले पिटिनुपर्ने) भोगेका श्यामले पिताजीबाट निकै कुटाइ खानुपर्‍यो । ठूला दाइ पढ्ने स्वभावका थिए तर श्याम ‘नोटोरियस’ भएर सर्वत्र चाहार्दै हिड्ने भएपछि उनी हात्तीपाटी पसलमा बस्नुपर्ने हुन्थ्यो । अनि, आफूले पढ्न नपाएको झोक उनी पनि श्यामलाई कुटेर निकाल्थे । आमाले पिट्नु हुन्नथ्यो, बरु पिताजीले उनलाई पिटेको देखेर जोगाउन नसक्दा आफै धुरुधुरु रुनुहुन्थ्यो । पिताजीको भनाइ हुन्थ्यो, ‘कति सताउन सकेको होला †’ उनले २०१४ देखि लगातार १३ वर्ष राष्ट्रिय स्तरमा फुटबल खेले, अन्नपूर्ण र एनआरटीबाट थोरै र महावीर क्लबबाट करिब आठ वर्ष । त्यसबेला राष्ट्रिय प्रतियोगिता भनेकै उही क्लबस्तरीय प्रतियोगिता हुन्थे । श्यामले त्यस बेलाका सबै प्रतियोगिता खेले तर मुलुकबाहिर गएर खेल्न पाएनन् । २०२७ मा प्रेमविवाह भएपछि भने उनको सक्रिय खेलजीवन सुस्ताउ“दै गयो । उनले फुटबल अन्तिमपटक २०३१ मा खेले ।
श्यामको खास पाटो फोटोग्राफीसित जोडिएको छ, त्यसमा पनि नेपालको खेलकुद क्षेत्रको दृश्यावली । उनीसित विक्रमीय २०२३ देखि हालसम्मको नेपाली खेलकुदका लगभग सबै फोटोग्राफी छन्, आवश्यक स्याहार नपुगेर केही नेगेटिभ भने ध्वस्त हुन पुगेकामा उनलाई पछुतो छ । बखतबहादुर चित्रकारबाट २०१८ सालमै फोटोग्राफी सिकेका श्याम स्टिल फोटोग्राफी मात्र गर्दैनन्, भिडियोग्राफी पनि उत्तिकै गर्छन् । नेपाल टेलिभिजनबाट विदेश (अस्टेलिया) जाने नीर शाह, दुर्गानाथ शर्मा र श्यामसमेत तीनजनाको टोलीका ‘फस्र्ट क्रु’ हुन् । उनले ‘ग्राफिक भिजन मिडिया’ भनेर संस्था नै दर्ता गराएका छन् । यसबाट खासगरी खेलकुदसम्बन्धी श्रव्य–दृश्य सामग्री उत्पादन र बिक्रीवितरण गर्छन् । विभिन्न खेलस्थल, खेलकुदसम्बन्धी पत्रकार सम्मेलन र प्रतियोगिताहरूमा क्यामेरा बोकेर जान उनलाई सात दशकको उमेरले पटक्कै छेक्दैन । आफू पनि क्यामेरा बोक्छन् र सहयोगीहरूलाई निर्देशन पनि दिइरहेका हुन्छन् । उनी भन्छन्, ‘मैले व्यापार–व्यवसाय गरेर प्रशस्त धन आर्जन गरिन । खेलकुदमा लागेकामा म सन्तुष्ट छु, यहा“ मैले मान र सम्मान पाएको छु । जीवन नै खेलकुदमा बित्यो, बाकी पनि यसमै बित्छ होला ।’
जीवनमा अब एउटै धोको छ– दिवंगत छोराका नाममा अक्षयकोष खडा गरी खेलकुदमा केही गर्ने । श्याम यसमै लागेका छन् । एकमात्र छोरी विवाहित छे, नाति र नातिनी छन् । तर, खासमा (छोराले अकस्मात् छोडेर गइसकेपछि) अचेल श्यामका लागि गृहलक्ष्मी र गृहलक्ष्मीका लागि श्याम बा“चिरहेका छन् । हरेक पल एकले अर्कोका निम्ति माया र विश्वासका हातहरू दिन्छन् । अनि, जिन्दगीको गाडी गुडिरहेको हुन्छ । त्यहा सबैथोक हुन्छ । हुन्न त केवल छोरा विवेक । संसार यही हो । जन्मिदा मानिस आफूचाहिं रुदै र अरूलाई हसाउदै आउछन् । जाने बेलामा आफै सबै कुराबाट मानौ निस्पृह हुन्छन् र अरूलाई रुवाएर जान्छन् । रुदै आएर हसाउने र हास्दै गएर रुवाउने । आज नभए भोलि सबैले ‘हिड्नै’ पर्छ तर संसारको गति रोकिदैन, अगाडि बढिरहन्छ । सो ह्याज टु गो अन…।

प्रतिक्रिया