‘विदेश पलायनले धमिलिए युवा’

सन्तोष शाह अहिलेका सक्रिय युवा हुन्, अनि युवाका ‘आइकन’ पनि । सन् १९८१ डिसेम्बरमा सर्लाहीको बरहथवामा जवाहरलाल शाह र समुन्द्रीदेवीको सन्तानका रूपमा निम्नमध्यम परिवारमा जन्मेका उनी अहिले ‘टुडे युथ एसिया’ का अध्यक्ष छन् । अमेरिकाको कूटनीतिक पत्रिका डिप्लोम्याटिक कुरिएर र योङ प्रोफेसनल इन फरेन पोलिसी नामक संस्थाले गरेको छनोटमार्फत पूर्ण छात्रवृत्तिमा अमेरिकामा अध्ययन गर्दा उनी यो छात्रवृत्ति पाउने एसियाकै पहिलो व्यक्ति बनेका थिए । ३० वर्षभन्दा कम उमेरका व्यक्तिलाई प्रतिस्पर्धाका आधारमा यो छात्रवृत्ति उपलब्ध हुन्छ । हाल युवावयमा रहेका सन्तोष समकालीन युवा, उनीहरूको अवस्था, नेपालको कूटनीतिक दृष्टि अनि योजनाहरूबारे धारणा व्यक्त गर्दै छन्
सर्लाहीको ग्रामीण बस्तीमा जन्मे पनि एउटा अवसरले काठमाडौंको बूढानीलकण्ठमा पढ्न पाए । त्यहा“ विद्यार्थीलाई संस्कार सिकाइन्थ्यो, विद्यार्थीलाई बढीभन्दा बढी सामाजिक काममा सहभागी गराएर व्यावहारिकता पनि सिकाइन्थ्यो । स्वास्थ्यसम्बन्धी चेतना जगाउने अभियानअन्तर्गत मैले पनि मध्यतराईमा जाने मौका पाएको थिए । त्यही यात्राले मभित्र सामाजिक जिम्मेवारीबोधको भावना जगाएको थियो ।
एसएलसीपछाडि साइन्समा ‘ए’ लेभल सकेपछि छात्रवृत्तिमा अमेरिका पढ्न गए । युनिभर्सिटीमा रहदा मैले नेपाली युवा पनि जिम्मेवार ढंगले राष्ट्रको प्रतिष्ठा जोगाउन सक्छन् भन्ने प्रमाणित गर्नु थियो । चार वर्ष त्यहा पढुन्जेल यो कुरा ध्यानमा रहिरह्यो । अमेरिकामा सीपमूलक पढाइ हुन्छ, युवाहरूले पढाइबाट जीविका गराउन सक्ने सीप सिक्छन् । तर, नेपालमा चाहि युवालाई कि त बेरोजगार बनाउने कि त पलायनवादी सोच विकास गराउने शिक्षानीति छ ।
यही कारण संसारमा नेपाली युवाको सकारात्मक छवि निर्माण हुन सकेन । अर्को पक्ष, यहा“का नराम्रा कुरा विश्वलाई देखाएर डलरको खेती गर्नेहरूका कारण पनि नेपाली युवाको परिचय केही धमिलिएको हो । तर, नेपाली युवाले देखाएका केही क्षमताले गर्दा अन्तर्राष्ट्रिय जगत्मा केही सकारात्मक मान्यता भने स्थापित भएको छ, पछिल्लो समयमा ।
नेपाली युवामा सकारात्मक सोच विकसित हुन नसक्नाको एउटै कारण हो– अभिभावकको व्यस्तता । त्यही व्यस्तताका कारण अभिभावकले सन्तानलाई पैसा मात्र दिए, समय र माया दिन सकेनन् । व्यावहारिक कर्तव्यबोध गराउन सकेनन् । फेरि हामीकहा नैतिक शिक्षाको पनि कमी छ, जसले युवालाई जीवन अनि राष्ट्रप्रति कर्तव्यबोध गराउन सकोस् । यसै कारण इमानदार जनशक्ति उत्पादन हुन सकेन । जीवन अनि दायित्व बुझ्ने उमेरसम्ममा आइपुग्दा युवामा पलायन हुनुबाहेकको विकल्प नै बाकी रहदैन । विदेश पलायन भइरहेका युवा त्यसैका प्रमाण हुन् ।
नेपालको कूटनीतिक दृष्टि नै युवाप्रति सकारात्मक छैन । राजदूतहरू नेपाली युवालाई विदेशमा श्रम गर्न पठाउनुलाई सफलता ठान्छन् । टियुमा डिप्लोमेसी पढाइ त हुन्छ तर विद्यार्थीकै अभाव छ । उत्पादन भएको जनशक्ति पनि जागिरे मानसिकताका मात्र । ज्ञानलाई व्यावहारिक कार्यान्वयनमा लैजाने विद्यार्थी कहिल्यै उत्पादन भएनन् । राम्रा मान्छेको छनोट गर्ने संस्कार नहुदा युवामा निराशाजनक प्रवृत्ति हाबी भएको छ । यहा परराष्ट्रमन्त्री छान्दा होस् या राजदूत, क्षमताभन्दा पनि ‘आङ्खना’लाई छान्ने संस्कारले यो अवस्था निम्त्याएको हो ।
तर पनि नेपालका युवा बिस्तारै सकारात्मक भने हुदै छन्, ३० प्रतिशतजति युवामा सकारात्मक चेतना विकास भइसकेको छ । यसबाट बढाएर ५० प्रतिशत युवालाई मात्रै सकारात्मक सोच र जिम्मेवारीबोध गराउन सक्यौ भने तिनीहरूले नै नेपाली समाजका हरेक समस्या समाधान गरेका हुनेछन् । मात्र ऊर्जाशील युवाशक्तिमा कामप्रतिको इमानदारिता र नेपालका लागि केही गर्नुपर्छ भन्ने भावना जगाउन सक्नुपर्छ । मैले आङ्खना तर्फबाट सकेसम्मका पहल गरिरहेको छु । अहिलेसम्म एक हजार दुई सय युवालाई क्षमतावृद्धि गराउने खालका तालिम दिएको छु । मैले उनीहरूलाई मानसिक रूपमा कत्तिको परिवर्तन गर्न सके, त्यो त हेर्न बाकी नै छ । सकेसम्म इमानदारिता सिकाउने पहल भने गरेको छु । एक सय युवा मात्रै इमानदार भए भने नेपालमा एकै महिनामा धेरै काम हुन सक्छन् ।
युवावर्गको विदेश पलायनका कारण मुलुकले धेरै कुरा गुमाएको छ । अर्को कुरा विदेश पलायनले मुलुकको छाप विदेशमा राम्रो बस्दैन । बरु सिकेका सीपलाई स्वदेशमै कार्यान्वयन गर्ने गराउने संस्कार बसाइयो भने नेपाली युवाको छवि उचो हुन्छ । अबका युवाले यो बुझ्न सक्नुपर्छ । सरकारले पनि युवालाई जागरुक बनाउने योजनाहरू ल्याउनुपर्छ । किनकि देशमा हुनेगरेका गलत कुरा युवावर्गले जति रोक्न सक्छन्, अरूलाई अलि गाह्रै पर्छ ।
– प्रस्तुतिः सरिता गिरी

प्रतिक्रिया