मन्त्री थापाको नगद सम्पत्ति १५ हजार मात्रै

काठमाडौं, ७ वैशाख । श्रम तथा यातायात व्यवस्थामन्त्री मालवरसिंह थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मन्त्रिपरिषद् कार्यालयमा पेस गरिएको सम्पत्ति विवरणअनुसार मन्त्री थापाको पोखरा उपमहानगरपालिका– १७ मा ५ आना २ पैसा क्षेत्रफलमा बनाइएको घर छ ।

यसैगरी उनको पैतृक सम्पत्तिका रूपमा स्याङ्जा कारीबोट चण्डीभञ्ज्याङ गाविस–१ मा एक रोपनीमा बनेको घर र घरले चर्चेको जमिन रहेको छ ।

स्याङ्जाको सोही ठाउँमा पैतृक सम्पत्तिका रूपमा छ रोपनी जमिन रहेको पनि उनले आफ्नो सम्पत्ति विवरणमा खुलाएका छन् । उनको नाउँमा नेपाल बैंक लिमिटेड ललितपुर शाखामा १५ हजार नगद मौज्दात रहेको छ ।

आफूले बैंकबाट लिएको २१ लाखको ऋण छोरा बुहारीले तिर्दै आएको पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया