कारबाही गर

शैक्षिक सत्रमा नया पुस्तक उत्पादन नगरेर प्रकाशन गृहहरूले पुरानै पुस्तकमा नया मूल्यसूची टासेका छन् । नया मूल्यसूची टासिएका पुराना पुस्तक बजारमा पठाउने काममा केही प्रकाशनगृह जोडतोडले लागेको तथ्य बाहिर आएको छ । शिक्षा विभागले पुरानो पुस्तकमा नया मूल्य राख्न र अनावश्यक मूल्यवृद्धि नगर्न निर्देशन दिए पनि सत्याल प्रकाशनले पुरानै पुस्तकमा नया मूल्यसूची टास्न ठूलै जनशक्ति परिचालन गरेको पाइएको छ । उसले आफ्ना गोदाममा मजदुर प्रयोग गरेर पुराना पुस्तकमा ‘रिभाइज्ड’ र ‘रिप्रिन्ट’ को छाप लगाउन समय खर्चिरहेको छ र शैक्षिक सत्रको समयलाई कमाउने धन्दामा परिणत गरिरहेको छ । पुराना पुस्तकमा ‘रिभाइज्ड’ र ‘रिप्रिन्ट’का छाप लगाउने सत्याल प्रकाशनले दुईवर्षअघिको पुस्तक नया“ मूल्यमा बेचेर अभिभावकलाई आर्थिक भार र विद्यार्थीलाई पुरानै पाठ्यक्रमको सिकार पनि बनाइरहेको छ । पुराना पुस्तकको मूल्यमा ५० रुपियाभन्दा बढी मूल्य थोपरेर पुस्तक बजारमा पठाउने काममा सत्याल पब्लिकेसन अगाडि देखिएको छ ।
दुईवर्षअघि छापिएका पुस्तकमा सन् २०१२ को छाप लगाउनु आफैमा अनियमितता हो । त्यसमाथि रिप्रिन्ट र रिभाइज्ड भनिएका पुस्तकमा नया र परिवर्तित पाठ्यक्रम त परेनन् नै, पुस्तकका मूल्य कोरिनु र पुस्तक बिक्रेतालाई पठाइएको क्याटलगमा मूल्य बढाइनु अर्को अपराध हो । रिभाइज्ड पुस्तकमा पुरानै पाठ्यक्रम र उति नै पृष्ठ कसरी हुन सक्छ ? यति सानो कमजोरीको पनि ख्याल नगरी सत्याल पब्लिकेसनले विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेको छ । उसले बालाजु गोदाममा मजदुर लगाएर रिप्रिन्ट र रिभाइज्डको छाप लगाउने काम बाहिर आएपछि शिक्षामा हुने गरेको कालो धन्दा उजागर भएको छ । यस्ता काम अरू पब्लिकेसनबाट पनि भएका होलान् । यस घटनाले शिक्षाका नाममा गरिने कारोबार मर्यादित छैन र केही समूहको स्वार्थपूर्ति भइरहेको छ भन्ने साबित गरिसकेको छ ।
सत्याल पब्लिकेसनले बजारमा पठाएका पुस्तक फिर्ता गराइनुपर्छ र शिक्षा विभागले उसमाथि छानबिन सुरु गर्न ढिलाइ गर्नु हु“दैन । विद्यालयको पढाइ सुरु भइसकेको अवस्थामा उसले पठाएका पुराना पुस्तककै कारण विद्यार्थीको पढाइमा पर्ने असरलाई उपेक्षा गरिनु हुन्न । कुनै बहानामा उसमाथि कारबाही फितलो हुने र विद्यार्थीलाई परिवर्तित पाठ्यक्रम पढ्नबाट वञ्चित गराउने काम माफीयोग्य हुन सक्दैन । विद्यार्थीले पुरानो पुस्तक पढेर परिवर्तित पाठ्यक्रमको परीक्षामा स्पर्धा गर्नुपर्ने नियति आउन दिनु हुन्न । तसर्थ, तत्काल शिक्षा विभाग सक्रिय हुन जरुरी छ । उसका अवयवहरू सक्रिय भएर रिभाइज्ड र रिप्रिन्टका नाममा पुराना पुस्तक बेच्ने समूहमाथि आक्रामक ढंगमा उपस्थित हुन जरुरी छ । उसको उपस्थिति बलियो बनाउन परिआए अभिभावकले पनि साथ दिन आवश्यक छ । नया बजार मूल्यमा पुरानो पुस्तक खरिद गरेर अहिलेका अभिभावक बालबच्चाको भविष्यमा लात हान्नै सक्दैनन् । बरु शिक्षा विभाग कारबाहीको बहानामा कमजोर रूपमा उपस्थित हुन सक्छ र अनियमितता गर्ने सत्याल पब्लिकेसनलगायत प्रकाशनगृहले उन्मुक्ति पाउन सक्छन्, त्यसतर्फ चनाखो भएर खबरदारीमा उत्रिनै पर्छ ।

प्रतिक्रिया