जनआन्दोलनको पैसाले काठमाडौं घुमघाम

नेपालगन्जः कोहलपुरका राजनीतिक दलका नेता दोस्रो जनआन्दोलनमा सर्वसाधारणबाट उठाइएको रकमले काठमाडौं घुमेर फर्केका छन् ।
कोहलपुर नगरपालिका घोषणा कार्यान्वयनका लागि दबाब दिन काठमाडौं गएको दल र व्यापारीको टोलीले ४५ हजार रुपिया खानपिनमा खर्चिएको छ । टोलीले कोहलपुर र रझेना गाविसबाट डेलिगेसन खर्च लिने निर्णय गरेका थिए । तर, दुवै गाविसले रकम नदिएपछि उनीहरूले जनआन्दोलको पैसा खर्च गरेका हुन् ।
जनआन्दोलनको रकम खर्चने टोलीमा एकीकृत माओवादीका बलराम काङ्खले, कृष्ण थारू, शेषकान्त शर्मा, नेपाली कांग्रेसका बलराम शर्मा, युवराज पौडेल, नेकपा (एमाले)का कर्णबहादुर थापा, होमप्रकाश सुवेदी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका फुलाराम थारू र कोहलपुर उद्योग व्यापार संघका अध्यक्ष चिन्तामणि धिताल छन् ।
रकम ०६२ ०६३ को जनआन्दोलनका बेला घाइते र अपांग भएकाको उपचारका लागि सर्वसाधारणबाट चन्दा उठाएर कोषमा जम्मा गरिएको थियो । डेलिगेसन टोली सदस्य बलराम शर्माले जनआन्दोलको ४५ हजार रुपिया खर्च गरेको स्विकारे । उनले बैंकमा भएको पैसा आङ्खनो क्षेत्रको विकासका लागि खर्च गरेको बताए ।
सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोहलपुर र रझेना गाविसलाई गाभेर कोहलपुर नगरपालिका घोषणा गरेको थियो । तर, अहिलेसम्म कार्यान्वयन भएको छैन । (सौस)

प्रतिक्रिया