ट्रमा सेन्टर सञ्चालनको तयारी

काठमाडौं, निर्माण सम्पन्न भए पनि  तीन वर्षदेखि सञ्चालनमा आउन नसकेको नेपालको एक मात्र ‘इमरजेन्सी एन्ड ट्रमा सेन्टर’को निर्देशकमा वरिष्ठ हाडजोर्नी सर्जन डा. अशोक वज्राचार्य नियुक्त भएका छन् । वीर अस्पतालका हाडजोर्नी विभागका प्रमुख डा. बज्राचार्यलाई सरकारले हालै ट्रमा सेन्टरको निर्देशकका रुपमा नियुक्त गरेको हो । लामो समयदेखि राजनीतिक विवादका कारण सञ्चालनमा आउन नसकेको सेन्टर केही सातापछि सञ्चालनमा आउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आवश्यक तयारी अन्तिम चरणमा रहेकाले सेन्टर सञ्चालनका लागि आवश्यक तयारी पूरा गर्न पहिलो चरणमा निर्देशकको नियुक्ति गरिएको हो । मन्त्रालयका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)अन्तर्गत रहने सेन्टर २५ शैय्याको आकस्मिक कक्षबाट सुरु गरिनेछ । एक अर्बभन्दा बढी रकममा निर्माण गरिएको सेन्टरको क्षमता दुई सय शैय्याको छ । (सौस)

प्रतिक्रिया