१५ दलका मधेसी सभासद एक ठाउँमा

काठमाडौं, ६ वैशाख । मधेसका माग र मुद्धालाई एकीकृत रुपमा उठाउनका लागि मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव संयोजकत्वमा कार्यदल गठन भएको छ ।

सिंहदरबारमा आज बसेको १५ दल आबद्ध मधेसवादी दलका सभासदहरुले मधेसका मुद्धालाई कार्यान्वनय गराउन मोर्चामा आबद्ध हुँदै बिगतका सहमति कार्यान्वयनमा दबाव दिने निर्णय गरेका छन् ।

संयोजक यादवका अनुसार कार्यदलले तयार पर्ने प्रस्तावमा १५ दलका मधेसवादी सभासदहरुले सरकार र प्रमुख दलहरुलाई दबाव दिने बताए ।
अध्यक्ष यादव संयोजकत्वको कार्यदलका सदस्यमा लक्ष्मण लाल कर्ण, शरतसिंह भण्डारी, जितेन्द्र देब, रामरिझन यादव, गोपाल ठाकुर र बृशेखचन्द्र लाल रहेका छन् ।

कार्यदलले बिगतमा सरकारसँग भएका मधेस मुद्धा र सहमतिलाई कार्यान्वनय गराउन कसरी दबाव दिने भन्ने बिषयमा समेत मस्यौदा तयार गर्ने छ ।

मधेसवादी दलका सभासदहरुको यो मोर्चामा एमाओवादी, कांग्रेस, एमाले, मधेसी मोर्चा लगायत १५ दलका सभासद छन् ।

प्रतिक्रिया