‘संविधानसभा बैठक एघार गतेलाई आह्वान’

काठमाडौं, ६ वैशख । संविधानसभा कार्यव्यवस्था परामर्श समितिले वैशाख एघार गते आफ्नो बैठक बोलाएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले नयाँ संविधानका बिषयमा छलफल गर्न बैठक बोलाएको हो । जेठ–१४ गते आउन थोरै समय बाँकी रहेका समयमा कार्यव्यवस्थाले संविधानसभाको बैठक बोलाउने निर्णय गरेको सचिवालयले जनाएको छ ।

यसैवीच, कार्यव्यवस्थाले नयाँ संविधानका बिवादित बिषयमा सहमति जुटाउन बिवाद समाधान उपसमितिलाई पुनः समय उपलब्ध गराएको छ । संवैधानिक समितिको सिफारिस अनुसार वैशाख एघार गते सम्मको समय उपलब्ध गराएको हो ।

दलहरुले उपसमिति मार्फत शासकीय स्वरुप, न्यायप्रणाली, नागरिकता, राज्य पुनसंरचना लगायतका बिषयमा सहमति जुटाउनु पर्ने छ ।

अन्यथा एघार गतेदेखि बस्ने संविधानसभाले बिवादित बिषयमा मतदानको प्रक्रियाबाट ती बिषय टुङगाउन पहल थाल्ने जनाएको छ । दलहरुको आग्रहमा पटक उपसमितिलाई कार्यव्यवस्थाले समय थप गरिसकेको छ ।

प्रतिक्रिया