संविधान निर्माणमा आशा जागेको छः नेम्वाङ

काठमाडौं, ६ वैशाख । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुबीच जारी पछिलो सम्वाद र छलफलले संविधान निमार्णमा आशा जगाएको बताएक छन् ।

राजधानीमा आज आयोजित कार्यक्रमा नेम्वाङले शान्ति प्रक्रिया टुङ्गिएसँगै संविधान निमार्णमा समेत प्रगति हुँदै आएको बताए ।

पछिल्लो चरणमा दलहरुको छलफल सकरात्मक भएको र महिला मैत्री संविधान निमार्ण हुने प्रक्रियामा रहेको अध्यक्ष नेम्वाङको भनाई छ । उनले आउँदो जेठ चौध गते संविधान जारी हुने वातावरण सबैले तयार गर्नु पर्ने बताए ।

संविधान निमार्णमा विश्वस्त हुन आग्रह गर्दै नेम्वाङले सकरात्मक दबाद कायम राख्न अवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया