उपहार ढुकुटीमा

नयादिल्ली, ५ वैशाख । विदेश भ्रमणमा जादा भारतका नेता तथा कर्मचारीहरूले महगा रक्सीदेखि पेनड्राइभसम्म उपहार पाउने गरेका छन् । तर, यसरी प्राप्त उपहार उनीहरूको व्यक्तिगत सम्पत्ती हुदैन । उनीहरूले राष्ट्रिय ढुकुटीमा यस्ता उपहार जम्मा गराउने गरेका छन् ।
सन् २०११ देखि २०१२ सम्ममा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले सबभन्दा धेरै उपहार राष्ट्रिय ढुकुटीमा दाखिला गराएका छन् । सबैभन्दा महगो उपहार दाखिला गराउने सवालमा भने कांग्रेस आई अध्यक्ष सोनिया गान्धीले सबैलाई उछिनेकी छन् ।
उनले करिब ५० हजार भारु मूल्य भएको शृंगार बक्स र लेडिज पर्सको सेट दाखिला गराएकी छन् । प्रधानमन्त्री डा. सिंहकी पत्नी गुरसरन कौरले बुझाएको एउटा उपहार ४९ हजार २ सय ५० भारुको छ । प्रधानमन्त्री डा. सिंहले ४० हजार भारुको फूलदानी, २० हजार भारुको चा“दीको कचौरा, २० हजार भारुको ह्यान्डिक्याम, २० हजार भारु मूल्य पर्ने मूर्ति, १५ हजार भारुको पेन्टिङ र १० हजार भारुको कार्पेट ढुकुटीमा दाखिला गराएका छन् । प्रमुख विपक्षी दल भारतीय जनता पार्टी (भाजपा) की नेत्री सुषमा स्वराज उपहार पाइरहने भारतीय नेत्री हुन् । उनले ढुकुटीमा १६ हजार भारु पर्ने सिक्काको सेटसहित थुप्रै उपहार जम्मा गराएकी छन् ।
भारतीय विदेशमन्त्री एसएम कृष्णाले विदेशी शुभेच्छुकबाट पाएको भगवान कृष्णको मूर्ति पनि ढुकुटीमा जम्मा गराएका छन् । यसबाहेक उनले विदेश सचिव रञ्जन मथईले पाएको ३२ हजार भारुको एप्पल आइप्याड र विदेश मन्त्रालयका निर्देशक सञ्जय सिंहले पाएको १० हजार भारुको चादीको भाडा पनि जम्मा गराएका छन् । भारतीय गृहसचिव आरके सिंहले दाखिला गराएको मोबाइल फोनमा भने मूल्य उल्लेख छैन । विदेश मन्त्रालयका निर्देशक दीपक मित्तल, विदेश सचिवका सहयोगी सुधीरकुमार शर्मा, बलवीर राजसञ्जीव आदिले उपहारमा पाएको रक्सी जम्मा गराएका छन् ।
यसरी जम्मा गराइएका उपहार प्रधानमन्त्रीको कार्यालय अथवा राष्ट्रिय संग्रहालयमा पठाइनेछ । अन्त्यमा प्रदर्शनी कार्यक्रम आयोजना गरी उपहार सार्वजनिक गरिन्छ । उपहार प्राप्त गर्ने व्यक्तिले निर्धारित मूल्यभन्दा पाच हजार रुपिया“ कम पैसा तिरेर उपहार खरिद गर्न सक्छन् । तर, सर्वसाधारणलाई यी उपहार खरिद गर्न प्रतिबन्ध लगाइएको छ । (बिबिसी)

प्रतिक्रिया