काठमाडौं कर्पोरेट फुटबल हुने

काठमाडौं, ५ वैशाख । कर्पोरेट म्यानेजमेन्ट सोलुसन नेपाल प्रालिको आयोजनामा ‘दोस्रो काठमाडौं कर्पोरेट फाइभ ए–साइड फुटबल प्रतियोगिता’ वैशाखको चौथो साता हुने भएको छ । २३ वैशाखदेखि सुरु हुने दुईदिने प्रतियोगिता मध्यपुर ठिमी नगरपालिकाको गठ्ठाघर फुटबल मैदानमा सञ्चालन हुने भएको छ ।
लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको नकआउट चरण दोस्रो दिन सुरु भई सोही दिन सकिनेछ । प्रत्येक समूहमा आठ टोली रहने र समूहको विजेता र उपविजेता क्वार्टरफाइनल प्रवेश गर्ने जनाइएको छ ।
रमाइलोका लागि खेलौं नारा रहेको यस प्रतियोगितामा बैंक तथा वित्तीय संस्था, इन्सुरेन्स कम्पनी, कर्पोरेट हाउस, एयरलाइन्स आदि कर्पोरेट क्षेत्रका ३२ टिमको सहभागिता रहनेछ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड प्रतियोगिताको डिफेन्डिङ च्याम्प्यिन हो ।

प्रतिक्रिया