जुटको मूल्यमा गिरावट

विराटनगर, ५ वैशाख  । मोरङ दर्बेसा ४ का किसान सुदामा साहले ०६७ मा चार कट्ठा जमिनमा पटुवाखेती लगाएका थिए । त्यतिखेर ६ मन पटुवा उत्पादन भयो । मनको १९ सयले बिक्री गर्दा उनले राम्रो आम्दानी गरे ।
तर, ०६८ मा दुई विगाह जमिनमा पटुवाखेती गरेका साहको पटुवाको मूल्य आधाभन्दा बढी घटेपछि उनको लगानी मात्रै नभएर ऋणमा डुबे । उनले अहिले जुटखेती नै गरेनन् ।
सुदामा जस्तै धेरै किसानले पूर्वमा पटुवाखेती नै छाडे । खेती गरेकाले पनि आफ्नै प्रयोजनका लागि मात्रै गर्ने गरेका छन् ।  पूर्वक्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ कृषिप्रसार अधिकृत भगीरथ यादवका अनुसार यो वर्ष पूर्वमा पटुवाको उत्पादन घट्ने निश्चित छ । आर्थिक वर्ष ०६७  ६८ मा दुई हजार पा“च सय प्रतिमन पुगेको जुटको मूल्य गत वर्ष एक हजार एक सय रुपियामा झरेको थियो । सोहीकारण हौसिएका जुट  किसान अहिले टाटपल्टेका हुन् ।
पूर्वक्षेत्रीय कृषि निर्देशनालय विराटनगरका अनुसार नेपालमा हाल सञ्चालनमा रहेका आठवटा जुट उधोगमा वार्षिक ८० हजार टन जुटको खपत छ । नेपालमा खपतको वार्षिक ३० प्रतिशत मात्रै जुट उत्पादन हुन्छ । बा“की भारत र बंगलादेशबाट आयात गरिन्छ । सरकारले जुट र धानजस्ता मुख्यबालीको न्यूनतम मूल्य नतोक्दा किसान मारमा पर्ने गरेका छन् । मोरङ पोखरीयाका किसान अशोक कामतले सरकारले किसानलाई अनावश्यक दुःख दिएको आरोप लगँए ।
भारतमा जुटखेती उत्पादन वृद्धि गर्न त्यस्ता उद्योगमा सरकारले प्रोत्साहन गर्ने नीति लिएको छ तर  हामीकहा“ सरकारले जुटउद्योग र खेतीलाई बेवास्ता गरेको नेपाल जुटउद्योग संघका केन्द्रीय अध्यक्ष राजकुमार गोल्छा बताउछन् । निर्देशनालयका अनुसार पूर्वमा आर्थिक वर्ष ०६८   ६९  मा  ११ हजार दुई सय ५० मेट्रिक टन जुट उत्पादन भएको थियो तर, मूल्यमा गिरावट आएकाले ०६९ ७० मा आधाभन्दा बढीले उत्पादनमा गिरावट आउने अनुमान निर्देशनालयको छ ।
पूर्वाञ्चलको झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी र उदयपुरमा जुटखेती हुने गर्दछ । जुटखेती गर्दा बिउ र मलको आपूर्ति तथा बजारमा किसानको पहुच सहज छैन । जुटउद्योग संघका अनुसार नेपालबाट वार्षिक चार अर्ब बराबर जुटका सामग्री भारत निर्यात हदै आएको छ ।

प्रतिक्रिया