उपचार गर्ने चिकित्सक घेराउमा व्यस्त

काठमाडौं, ५ वैशाख । त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक र नर्सहरुले आज प्रधानमन्त्री निवास बालुवारटार घेराउ गरेका छन् ।

लामो समयदेखि डिन, कर्मचारीलगायतको नियुत्ति नगरेको र आफ्ना मागप्रति सरकारले वेवास्ता गरेको भन्दै उनीहरुले केही समय प्रधानमन्त्री कार्यालय घेराउ गरेका हुन् ।

त्रि.बि. शिक्षण अस्पतालका चिकित्सक राजेन्द्र वाग्लेले अस्पतालमा बिगत ५ महिनादेखि डिनलगायतका कर्मचारीको पद रिक्त रहेको बताए ।

उनले रिक्त रहेका १८ पदाधिकारीहरु नियुक्त गर्न पटक पटक माग गर्दापनि प्रधानमन्त्रीले चासो नदिएपछि दबाबका लागि धर्नामा आएको बताए ।

प्रतिक्रिया