जनआन्दोलनका घाईतेको निधन

काठमाडौं, ५ वैशाख । दोस्रो जनआन्दोलनका घाईते ललितपुरका श्याम मालको गएराति निधन भएको छ ।

२०६३ साल वैशाख ७ गते राजधानीमा गोली लागि घाइते ललितपुरका मालीको आजै अन्तिम दाहसंस्कार गरिएको छ ।

जनआन्दोलनमा घाइते भएका ४२ वर्षका मालीको हृदयघातका कारण पाटन अस्पतालमा निधन भएको आफन्तले जनाएका छन् ।
मालीका श्रीमती र दुई छोरी छन् । उनीहरुको खर्चका लागि सरकारले मासिक रुपमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया