‘पेश्की खर्च मिनाह गर्न लेखाको निर्देशन’

काठमाडौं, ५ वैशाख । संसदीय समितीले शिविर व्यवस्थापन कार्यका लागि भएका पेश्की खर्चको फर्छौट मिनाहा गर्न सरकारलाई निर्देशन दिएको छ ।

व्यवस्थापिका संसद  अन्तर्गतको सार्वजनिक लेखा समितिको आज सिंहदरबारमा बसेको बैठकले शिविर व्यवस्थापनका लागि भएको ४६ करोड रुपियाँ पेश्की खर्चको फर्छौट तत्काल मिनाहा गर्न मन्त्रिपरिषदलाई निर्देशन दिएको हो ।

शिविर व्यवस्थापनका लागि पेश्की दिदा खर्चको बिल भर्पाइ गरेको देखिएको भन्दै समितिले खर्चको बिवरण पेश भएपछि सोही आधारमा मिनाहा गर्नु पर्ने जनाएको छ ।

उसले बिल भरपाई हुँदा समेत पेश्कि फर्छौट नगरी अनुदानमा परिणत गरेको देखिएको भन्दै सरकारले आर्थिक कार्यबिधी पालना नगरेको जनाएको छ ।
समितिले यस बिषयमा सरकारलाई सचेत समेत गराएको समिति सभापति रामकृष्ण यादवले जानकारी दिए ।

बैठकमा छलफलका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालय र महालेखापरिक्षकका प्रतिनिधिलाई बोलाईएको थियो । उनीहरुले मन्त्रिपरिषदले अनुदान दिन भनेपनि अनुदानको प्रकृती नखुलाइएका कारण फर्छौट हुन नसकेको बताएका थिए ।

त्यस्तै समिति सदस्यहरुले सरकारले हरेक पटक पेश्की दिदा गतल प्रक्रिया अपनाउदै आएको भन्दै आपत्ती जनाएका थिए ।

मन्त्रिपरिषदको गत २०६६ साल वैशाख–१८ गते शिविर व्यवस्थापन कार्यका लागि भएको ४६ करोड रुपियाँ पेश्की खर्च अनुदान दिने निर्णय गरेको थियो । तर अनुदानको शीर्षक भने खुलाएको थिएन ।

प्रतिक्रिया