मच्छिन्द्र क्वार्टरफाइनलमा

काठकमडौ,४ वैशाख । मच्छिन्द्र क्लब बि्रटिस गोर्खाकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा मच्छिन्द्रले आरसिटीलाई २-१ ले पराजित गर्‍यो । मच्छिन्द्रलाई जित दिलाउने क्रममा म्यान अफ द म्याच विशाल राई ‘ए’ ले दुवै गोल गरे । पराजित आरसिटीका लागि युगलकिशोर राईले गोल गरे । जावलाखेल क्लबका पूर्वफरवार्ड विशालले तेस्रो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेल सकिन पाँच मिनेट बाँकी रहँदा अर्को गोल गरे । बीचमा क्लब छाडेकामध्ये दीपक राई, कर्ण लिम्बू, अमर सुब्बा, विशाल राई ‘बी’ र सौरभ मगर क्लबमा फर्किएपछि मच्छिन्द्र बलियो बनेको देखिएको थियो । यिनै खेलाडीको उपस्थितिमा मच्छिन्द्र क्लब-२०६३ को लिगमा छैटौ स्थानमा रहन सफल रहेको थियो ।
मच्छिन्द्रमा पुनः र्फकनुअघि विशाल, कर्ण र अमर जावलाखेलमा थिए । यिनै खेलाडीको प्रभावमा जावलाखेलले सहिद स्मारक लिगमा तेस्रो र राष्ट्रिय लिगमा चौथो स्थान पाएको थियो । यसैगरी शुभम श्रेष्ठ बीचमा थ्रीस्टार क्लब पुगेका थिए । यसैगरी प्रशिक्षक डिकेन सुवाल पनि तीन वर्षपछि क्लबमा फर्किएका हुन् । जावलाखेल क्लब छाडेर लक्ष्मीनारायण श्रेष्ठ, दिनेश थापा र विक्रम लिम्बू पनि यसै सत्र मच्छिन्द्र क्लबमा आबद्ध भएका हुन् । विक्रम लिम्बूले पनि खेलमा केही राम्रा अवसर गुमाएका थिए । १५आंै मिनेटमा दीपक राईले वान भर्सेस वानमा राम्रो अवसर पाए पनि कृष्ण कुवरले उत्कृष्ट टयाकल गर्दै आरसिटीको संकट टारेका थिए । त्यसको एक मिनेटपछि नै आरसिटीका गोलरक्षक प्रेमले त्यत्तिकै उत्कृष्ट ढंगले दीपकको प्रहार बचाएका थिए । ३० मिनेट जाँदा मच्छिन्द्रले अर्को त्यत्तिकै राम्रो गोल अवसर गुमाएको थियो । ६८ मिनेटमा कर्ण लिम्बूले अर्को राम्रो मौका गुमाए ।
पहिलो गोल गर्ने क्रममा विशालले गोलपोस्टअगाडि खुला अवसर पाएका थिए । यसैगरी आरसिटीले पनि त्यत्तिकै सहज अवसरमा गोल गर्न सफल भयो । डिबक्समा कुनै निगरानीमा नरहेका युगलले गोल गरेका थिए ।
आरसिटीले पनि केही राम्रो अवसर गुमाएको थियो । युगलकिशोर राईको उत्कृष्ट प्रहारलाई मच्छिन्द्रका दिनेश थापाले बचाए ।
मंगलबार प|mेन्ड्स क्लब र एनआरटीका बीच खेल हुनेछ । एनआरटीमा आफैले उत्पादन गरेका प्रतिभाशाली खेलाडीको प्रभाव रहनेछ भने प|mेन्ड्सको टोलीमा सुदूरपश्चिमबाट आयातीत मनिराम चौधरीलगायत खेलाडीको उपस्थिति रहनेछ ।

प्रतिक्रिया