आर्थिक अभियानको खाँचो

नेपाल दिनप्रतिदिन बिगि्ररहेको छ । राजनीतिक क्षेत्र बिगि्रएपछि त्यसको असर सबै क्षेत्रमा पर्नु र सबै क्षेत्र बिग्रनु पनि स्वाभाविकै हो । राजनीति सपि्रए सबै क्षेत्र सपि्रन्छ र सकारात्मक प्रभाव देखिन थाल्छ तर निकट भविष्यमा त्यस्तो देखिने सम्भावना छैन र पनि सबैका लागि  सप्रनाको कुनै विकल्प छैन । नेपाल बिगि्रएको ‘अरा’ले हो र ‘अरा’ तत्काल रोकिनुपर्छ । ‘अरा’ भनेको अति राजनीति र अनावश्यक राजनीति हो । राजनीति नपुग्नुपर्ने क्षेत्रमा पनि राजनीति पुगेको छ र बिगारेको मात्र छ । थोरै राजनीतिक नजर मात्र लगाउँदा हुने क्षेत्रमा पनि पूरै राजनीति पसाएर सबै भताभुंग पारिएको छ । अरा नपुगेको र अराले नबिगारेको कुनै क्षेत्र छैन । यसका जरा नपुगेको कुनै क्षेत्र बाँकी रहेन । जहाँ अराको जरा पुगेको छ, त्यहाँ ऐंजेरु भएर झाँगिएको मात्र छ । कर्मचारीमाथि अति र अनावश्यक राजनीतिमाथि घुसनीतिको पनि फ्युजन गराएपछि प्रशासनयन्त्र चौपट भइरहेको हाम्रैसामु छ ।
नैतिक धरातलमा उभिएर सबैले आआफ्नो कर्तव्य र अधिकारप्रति सचेत भई इमन्दारीपूर्वक जिम्मेवारी वहन गर्ने हो भने वा गर्ने वातावरण बनाउने हो भने त्यहाँ राजनीति गर्नु र पुर्‍याउनुपर्ने कुनै जरुरी छैन । राजनीति गर्नेको काम त स्वच्छ वातावरण बनाउन मद्दत गर्ने हो । जहाँसुकै आनावश्यक र अति राजनीति गरेर बिगार्ने त होइन नि । यहाँ त राजनीति पस्यो कि नास्यो । राजनीतिको काम त सपार्ने हो । बिग्रनबाट रोक्ने हो । बिगार्ने त हुँदै होइन । नेपालका सबै दल जुनै क्षेत्रमा पनि अनावश्यक र अति राजनीति गर्ने मामिलामा कोहीभन्दा कोही कम छैनन् । सबैले आफ्नो हैसियत देखाएका छन् । फरक क्षमताको मात्र हो । नियत र नीतिमा सबै एउटै ड्याङका मूला हुन् । अब त दलको मात्र होइन, दलमार्फत वा सोझै पनि विदेशीको राजनीतिसमेत भित्रिन थालेपछि अराले मुलुकको सार्वभौमिकताको जरा नै नकाट्ला भन्न सकिन्न ।
‘आ’ अभियान भनेको आर्थिक समृद्धि र सम्पन्नताको लागि चलाइने आर्थिक अभियान हो । आम्दानी र आत्मनिर्भरताका लागि जनतालाई परिचालन गर्ने अभियान हो । आ अभियान भनेको आम्दानी, आत्मनिर्भर आर्थिक र समृद्धिका लागि आम जनता परिचालन गर्नु हो । यो भनेको नै आम्दानीका लागि जनता, जनताका लागि आम्दानी हो । आर्थिक र आम्दानीको अभियान जति व्यापक हुन्छ त्यति मात्रामा अराका जरा काटिँदै जान्छ । सबै आम्दानीमा केन्दि्रत भए भने सबैमा अनावश्यक र अति राजनीति हुने प्रक्रिया रोकिन्छ । अनावश्यक र अति राजनीतिलाई पछि धकेलेर आर्थिक अभियानलाई अघि बढाए मात्रै मुलुकले छिट्टै समृद्धि हासिल गर्न सक्छ । यसको दृष्टान्त खोज्न धेरै टाढा जानु पर्दैन । चीन, सिंगापुर, मलेसिया आदि हेरे पुग्छ । नितीशकुमारको विहार र नरेन्द्र मोदीको गुजरात पनि टाढा छैन ।
नेपालीलाई दैनिक चाहिने दाल, चामल, पिठो, तरकारी, भुटन, मसला, अचार, गुलियो, अमिलो, दूध, दही, घिउ, फलफूल, अन्डा, माछा, मासु आदिमा राष्ट्रलाई आत्मनिर्भर बनाउने योजना बनाइहालौँ । यसमा हरेक परिवार केहीमा आत्मनिर्भर हुने छन् । उत्पादन व्यवसाय र बेचबिखनबाट आम्दानी पनि प्राप्त गर्ने छन् । त्यस्तै जडिबुटीबाट आम्दानी लिन त्यसबाट उत्पादित कतिपय औषधिमा आत्मनिर्भर हुन सकिन्छ । जल, मल, वायु र घामबाट विद्युत् वा ऊर्जामा आत्मनिर्भर हुँदै आम्दानी लिन सकिछ । नगद बाहिरिनबाट रोक्न सकिन्छ, पेट्रोलिम पदार्थको विकल्पमा । तसर्थ, कृषि उत्पादन, जलविद्युत् तथा ऊर्जा उत्पादन र पर्यटक आगमनका आधार तयार गर्न लागिहालाँैं। जंगल र जडिबुटीलाई आम्दानीसँग जोडाँै । जंगल र  जडिबुटी बढाऔं र आम्दानी पनि बढाउने योजना बनाउँदै अभियान चलाआँै । आम्दानी गर्ने र आत्मनिर्भर हुने उद्योग व्यवसायको खोजी गराँै । अति राजनीति, अनावश्यक बन्द र हडतालले व्यवसाय नबिगाराँै । अर्थात् आ अभियानलाई बाधा नपाराँै । सरकारले लगानी वर्षको घोषणा गरेको छ । यसलाई ‘आ’ अभियानकै एउटा पाटाका रुपमा लिनुपर्छ । साथै यो अभियान सफल पार्न विशेष योजना बनाउनुपर्छ । लगानीका लागि राष्ट्रिय सहमतिका साथ राष्ट्रिय अभियान चलाउनु पर्छ । राष्ट्रिय सहमति हुन्छ र विवाद हुँदैन भने राष्ट्र एकीकरण अभियान बढाउन बिसे नगर्चीको सोच र पृथ्वीनारायण शाहको जोसले गोर्खाका सबै घरधुरीबाट रकम संकलन गरेर खडा गरेको कोषबाट प्रेरणा लिन र सम्मान गर्न बिसे- पृथ्वी राष्ट्रिय जनविकास कोष नामकरण गर्नु राम्रो हुनेछ ।
-लेखक जिविस तेह्रथुमका पूर्वसभापति हुन् ।

प्रतिक्रिया