विद्यालयलाई स्पष्टीकरण

काठमाडौं, ४ वैशाख । नियमविपरीत विद्यालयमा पुस्तक बिक्री-वितरण गरेको समाचार आएपछि दुई निजी विद्यालयलाई स्पष्टीकरण सोधिएको छ । सोमबार सौर्य दैनिकमा ‘निजी विद्यालयमा पुस्तक व्यापार’को समाचार प्रकाशन भएपछि जिल्ला शिक्षा कार्यालय काठमाडौंले अनामनगरस्थित ब्लुमिङ स्कलर्स एकेडेमी र अक्सिडेन्टल पब्लिक स्कुललाई स्पष्टीकरण सोधेको हो ।
जिल्ला शिक्षा अधिकारी वैकुण्ठ अर्यालले दुई विद्यालयलाई सोमबार नै स्पष्टीकरण सोधिएको बताए । जिशिअ अर्यालले विद्यालयमाथि कारबाही प्रक्रिया अघि बढाइएको र जवाफ आएपछि कस्तो कारबाही गर्ने भन्ने बारे निर्णय हुने बताए ।
अनामनगरस्थित ब्लुमिङ स्कलर्स एकेडेमीले विद्यालयबाटै विद्यार्थीलाई पाठयपुस्तक बिक्री गरिरहेको छ । ब्लुमिङनजिकैको अर्को अक्सिडेन्टल पब्लिक स्कुल आफैले प्रत्यक्ष विद्यार्थीलाई पाठयपुस्तक बेचेको छैन तर त्यही विद्यालयका शिक्षक नारायण कार्कीलाई ‘पुस्तक सूची’ दिएर विद्यार्थीलाई त्यहीँ पठाउने गरेको छ ।

प्रतिक्रिया