उपचारका लागि शर्मा भारत प्रस्थान

काठमाडौं, ४ चैत । भाइरल इन्सेफ्लाइटिसबाट विरामी एकीकृत माओवादीका पोलिटब्युरो सदस्य जनार्दन शर्मालाई थप उपचारका लागि आज भारत लगिएको छ ।
एयर एम्बुलेन्स माफर्त शर्मालाई भारत लगिएको आफन्तले जनाएका छन् । उनको नयाँ दिल्लीस्थित एक अस्पतालमा उपचार हुने छ । उपचारमा संलग्न चिकित्सक शशी शर्माका अनुसार उनलाई भाइरल इन्सेफ्लाइटिस भएको छ ।
सदस्य शर्मा ३ दिनदेखि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जको सघन उपचार कक्षमा उपरचा गराई रहेका थिए ।

प्रतिक्रिया