‘समग्र मधेस एक प्रदेश दिगो हुन सक्दैन’

काठमाडौं, ४ वैशाख । भारतीय सेनाका पूर्व जनरल एवम् नेपाल मामिलाका जानकार अशोक मेहताले मधेसमा दुई देखि तीन प्रदेश उपयूक्त हुने सुझाव दिएका छन् ।

राजधानीमा आज आयोजित साक्षात्कारमा जनरल मेहताले मधेसमा विभिन्न जातजाति भएकाले समग्र मधेस एक प्रदेश दिगो हुन नसक्ने बताए । उनले भने, ‘प्रदेश निर्माण गर्दा स्थायित्व र राजनीतिक रुपमा पहिचन हुने गरि गर्नु पर्छ ।’

मेहताले जातीय आधारमा नेपालमा राज्य हुन नसक्ने समेत स्पष्ट पारेका छन् । उनले भने, ‘नेपालमा भारतमा जस्तो एकै ठाउँमा पन्जावी, बंगली र विहारीको जस्तो जातको बाहुल्यता छैन, त्यसैले जातीय आधारमा प्रदेश निर्माण गर्नु हुँदैन ।’

उनले भूगोल र ईतिहासमा सन्तुलन कायम गर्नु पर्ने भन्दै मधेस भूमीलाई जातीय पहिचानका रुपमा लिन नहुने बताए ।

मेहताले कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनु पर्ने बताए । उनले भने, ‘कांग्रेसलाई पनि एक पटक ट्राई गर्नुस, मौका दिनुस चुनाव गर्न ।’

प्रतिक्रिया