कान्तिपुर कलेजमा तोडफोड


काठमाडौं, ३ वैशाख । अखिल क्रान्तिकारीनिकट विद्यार्थीले पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा तोडफोड गरेका छन् । कलेज बन्द भएको अवस्थामा क्रान्तिकारीका ६ जनाको समूहले आइतबार दिउँसो झ्याल, कम्प्युटर तथा पि्रन्सिपलको कार्यकक्षमा तोडफोड गरेका हुन् ।
कलेजका संस्थापक प्रल्हाद कार्कीका अनुसार सोही कलेजमा इन्जिनियरिङ अध्ययन गर्ने ६ जनाको समूहले कलेज बन्द भएको अवस्थामा आएर तोडफोड गरेको हो । १० मिनेटमा तोडफोड गरेर उनीहरू भागेको कार्कीले बताए ।
उनका अनुसार तोडफोडमा संलग्न हुनेमा ओमकारनाथ गुप्ता, सन्दीप कर्माचार्य, शिव बुढाथोकी, प्रणवजंग चाम्लिङ, शत्रुधन शाह र सौरभ चौधरी छन् । उनीहरू अधिकांश इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थी हुन् । अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले तोडफोडमा संलग्न विद्यार्थी आफ्ना कार्यकर्ता भए/नभएको छानबिन गरी दोषीलाई कारबाही गर्ने बताए ।

प्रतिक्रिया