आब्हान पछि बन्द फिर्ता

काठमाडौं, ३ बैशाख । सत्तारुढदल राष्ट्रिय जनमुक्ति पार्टीले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज आइतवारको मन्त्री परिषदको बैठकमा सत्तामा बसेर नेपाल बन्द जस्तो आन्दोलनको  कार्यक्रम फिर्ता नलिए मन्त्री पदवाट बर्खास्त गर्ने चेतावनी दिए पछि उक्त पार्टीले अब्हवान गरेको नेपाल बन्द फिर्ता लिएको  छ ।
बन्द फिर्ता लिनुभन्दा पहिला उक्त पार्टी र सरकारका प्रतिनिधी बिच केही समय बार्ता भएको र बार्त सकारात्मक भएको भन्दै बन्द फिर्ता लिएको उक्त पार्टीले जनाएको छ । बन्दको प्रभाव स्थानीय रुपमा नपरेपनि लामोदुरीका यतायताको साधनमा भने आंशिक रुपमा मात्र   सञ्चालित थिए । यसअघि आजै बसेको मन्त्री परिषदको बैठकले सबै पक्षहरुलाई जेठ १४ सम्म कुनै बन्द र हड्ताल नगर्न आब्वाहा समेत गरेको थियो ।

प्रतिक्रिया