सहमतीय सरकारको नेतृत्वमा कांग्रेसः खनाल

कैलाली, ३ बैशाख । एमालेका अध्यक्ष झलनाथ खनालले निर्धारित समयमा नयां संविधान निर्माण गर्न  राष्ट्रिय सहमतिकोसरकार आवश्यक रहेको बताएका छन् । सात बुंदे सहमति कै आधारमा संविधानका बिवादित विषयलाई तत्काल कार्यान्वयन र जेठ १४ भित्रै नयां संविधान आउने दाबी समेत खनालले गरे ।
शान्ति र संविधान निर्माणका लागि नागरिक स्तरबाट सुझाब लिन थालिएको र विशेष टेलिफोन सम्बादमा आज आइतबार बिहान बाजुराबासीसँग आफुले कुरा गरेको उल्लेख गर्दै अध्यक्ष खनालले शान्ति प्रक्रियाको मुलभूत काम सकिएकोले अब तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गरी संविधान निर्माणमा जुट्ने समेत बताए । सहमतिय सरकारको नेतृत्व कसले गर्छ भन्ने बाजुरेलीको जिज्ञासामा अध्यक्ष खनालले माओवादी र एमालेले दुई/दुई पटक सरकारको नेतृत्व गरी सकेकोले अबको पालो नेपाली काँग्रेसको भएको धारणा  समेत व्यक्त गरेका थिए ।
सरकारको नेतृत्वका लागि काँग्रेसको दाबी जायज भएको र आफ्नो पार्टीलाई पनि स्वीकार्य हुने खनालको भनाइे थियो । एक अर्को प्रसंगमा खनालले जाती, भाषा, धर्म, क्षेत्रका आधारमाा संघीयता नेपाल जस्तो देशमा सम्भव नहुने भएकाले वैज्ञानिक आधारमा नेपाल र नेपाली सुहाउदो राज्यको पुनरसंरचना गरिने बताए । उनले बढी राज्य बनाउदा गरिब राष्ट्रका लागि थेग्न नसकिने भएकोले ६ देखि ७ को बीचमा राज्यको पुर्नसंरचना गर्ने सहमति भइसकेको  दावी समेत गरे।
अखण्ड सुदुरपश्चिम र अखण्ड बाजुराको माग गरेका बाजुरेलीलाई अध्यक्ष खनालले जिल्ला बासीको लिखित सहमति कै आधारमा पुर्नसंरचना गरिने छ भने पछाडि परेको जाती क्षेत्र र समुदायको विकासका लागि संविधान मै विशेष आरक्षणको व्यवस्था गरिने छ ।
बाजुरा जलश्रोत, पर्यटन, कृषि, जडिबु्टी,  पशुपालन जस्ता अपार सम्पदाको धनी जिल्लालाई पनि राज्यले प्रथामिकता नदिएको, कणर्ाली भन्दा विकट बाजुरालाई सेवा सुविधाका हकमा पछाडि पारेको र अझैसम्म पनि सदरमुकाममा सडक पुग्न नसकेको गुनासो सुनाएका बाजुरेलीलाई अध्यक्ष खनालले जिल्लाको विकासका लागि आफ्नो पहिलो प्रयास सडक निर्माणमा गर्ने र विकट क्षेत्रको विकासका लागि संविधान मै विशेष आरक्षणको व्यवस्था गर्न पहल गर्ने बताए ।
अध्यक्ष खनालले एमाले बाजुरा जिल्ला अध्यक्ष प्रकाश शाह, एनेकपा माओवादीका राज्य कमिटी सदस्य दिपेन्द्र बुढा, काँग्रेस महासमिती सदस्य जुना दानी, पत्रकार महासंघ बाजुराका अध्यक्ष अर्जुन शाह, नागरिक समाजका शेरबहादुर शाही, दलित अधिकारकर्मी टीका विक महिला सञ्चारकर्मी रमा खड्कासँग सुझाव लिएका थिए । रेडियो बाजुराबाट डेढ घण्टा लामो समयसम्म गरिएको प्रत्यक्ष टेलिफोन संवादमा खनालको आर्थिक क्रान्तिबाटै देशलाई समृद्धिको बाटोमा डोरयाउन सकिने धारणा समेत ब्याक्त गरेका थिए ।

प्रतिक्रिया