टिफिन बम सेनाद्धवारा निस्कृय

महेन्द्रनगर, ३ बैशाख । कञ्चनपुरको सुडा गाविस  परिसरमा रहेको इलाका हुलाक कार्यालयमा राखेको बमलाई नेपाली सेनाको बम डिसपोजल टोलीले निष्कृय पारेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीले गरेको ती दिने बन्दको पहिलो दिन गाविस परिसरमा राखिएको बमको जिम्मा संयुक्त जातीय मुक्ति मोर्चाको पर्चा समेत फेला परेको प्रहरीले जनाएको छ ।
आज बिहान दश बजे कार्यालय खोल्ने समयमा कर्मचारीले शंकास्पद बस्तुदेखेपछि गाविसकाकर्मचारीले प्रहरीलाई खबर गरेका थिए । खबर पाउन साथ  जिल्ला प्रहरी कार्यालयको टोलीले बम भएको ठहर गर्दै  नेपाली सेनाको २५ नम्बर बाहीनीको डिस्पोजल टोलीलाई खबर गरेको थियो । उक्त डिस्पोजल टोलीले आज दिउसो १२:१५ मा उक्त बमलाई निष्कृय पारेको हो ।
घट्ना स्थलमा भेटिएको पर्चामा जातीय मुक्ती मोर्चा केन्द्रीय कार्यालय मात्रै उल्लेख गरेको  र  टिफिन बम राखेको जिल्ला प्रहरी कार्यालयका एसपी दिलीप कुमार चौधरीले  जानकारी दिए।

प्रतिक्रिया