खोजी लोकबाजाको

‘रिटिङ्रिटिङ नबजाऊ बिनायो
बिनायोले मन मेरो छिनायो…’
लक्ष्मी जोशीको लोकप्रिय यो गीत सुन्नेहरू सबैले गीतमा प्रयोग भएको बाजा बिनायोका बारेमा जानकारी नपाएका हुन सक्छन् । किरात महिलालाई विवाहमा दाइजोस्वरूप माइतीले दिने वियानो बाजा निगालोबाट बनेको हुन्छ । काटेर तीन वर्षसम्म राखिएको पुरानो निगालाको चोयाबाट निर्मित यो बाजा किरात महिलाहरूले चोलीको तुनामा बा“धेर राख्छन्, घा“स दाउरा र मेलापात गर्दा हातको औ“लाले कोट्याएर बजाउने गर्दछन् ।
लोकनाच, लोकगीत, लोकगाथाजस्ता लोक परम्परादेखि प्रचलनमा आएका लोकबाजाहरू हाम्रा अमूल्य सम्पत्ति हुन्, जसले हाम्रो संस्कृति, पहिचान र सभ्यताको परिचय दिइरहेको हुन्छ । विश्वमा अहिले जति पनि लोकसंगीत र लोकसंस्कृति लोकजीवनको परिचर्चा छ, ती सबै लोकबाजाहरूकै उपज हुन् । यस्तो सम्पदा र निधि बनेको लोकबाजा कसले कहिले निर्माण र सुरुआत ग¥यो भन्नेबारेमा अध्ययन हुनु आवश्यक छ । नेपालीका साझा सम्पदा तिनै लोकबाजाले पनि विश्वमा नेपालको संस्कृतिलाई चिनाउने प्रयास गरेको सन्दर्भमा यिनका बारेमा प्राज्ञिक बहस हुनु वाञ्छनीय छ तर नेपालमा यसबारे राज्यस्तरबाट अध्ययन र बहस त्यत्ति भएको छैन ।
निजी क्षेत्रबाट भद्रकालीमा स्थापित नेपाली लोकबाजा संग्रहालयले लोकबाजाको संरक्षण र प्रदर्शनका साथै प्रकाशनको काम पनि गर्दै आएको छ । यो संस्था २०५४ सालमा स्थापना भएको हो । हाल यो त्रिपुरेश्वरमा छ । यसको स्थापनापछि बाजागाजाको संकलन, प्रदर्शन र वादनमा गति आएको हो । सो संस्थाका संस्थापक तथा अनुसन्धानकर्ता रामप्रसाद क“डेलले २०६१ सालमा ‘नेपाली लोकबाजा’ नामक पुस्तक प्रकाशन गर्नुभएको थियो । सो प्रकाशनपछि यस क्षेत्रमा प्रकाशन र परिचर्चाको वातावरण सहज बनेको मान्न सकिन्छ । क“डेलकै परामर्शमा नेपाल पर्यटन बोर्डको सहकार्यमा नागार्जुन साहित्यिक प्रतिष्ठानको संयोजनमा २०६५ मा चर्चित लोकबाजाहरूको रंगीन फोटोसहितको ब्रोसर प्रकाशन गरी पर्यटकीय क्षेत्रमा वितरण गरिएको थियो । त्यसो त, बाजासम्बन्धी पत्रिका ‘बाजा’ पनि प्रकाशन हु“दै आएको छ । यसअघि नै २०४३ सालमा नेपाल प्रज्ञाप्रतिष्ठानले डा. चन्द्रप्रसाद गोर्खाली र प्राज्ञ तुलसी दिवसको संयोजनमा पहिलोपटक लोकबाजाहरूको प्रदर्शनी कार्यक्रम आयोजना गरेको थियो । त्यसपछि प्रज्ञाप्रतिष्ठानले सायद कुनै प्रवद्र्धनात्मक कार्य गरेको छैन । संस्कृति मन्त्रालयअन्तर्गतको पुरातŒव विभागले गर्ने गरेका संरक्षणका कार्य त्यत्ति प्रचारमा आउ“दैनन् । त्रिभुवन विश्वविद्यालय तथा अन्य विश्वविद्यालयमा अध्यापन हुने संस्कृति, संगीत तथा नाट्य विषयहरूमा पनि यो वा त्यो रूपमा लोकबाजाको सन्दर्भ त आउने गर्छ तर त्यसले यसको समुच्च अध्ययनलाई समेट्न सक्दैन ।
नेपाली लोकबाजामा अर्ना, रा“गो, कृष्णसार, चौंरी, बोका र घोरलका सिङ तथा मान्छे, बा“दर, बोका र गोरुका हड्डीहरूको प्रयोग हुने पनि धेरैलाई थाहा नहुन सक्छ । नेपाली सन्दर्भमा गोठाला जा“दा बजाइने पातका संगीतहरूदेखि मान्छेका हाडबाट बनेका बाजाहरूको कर्णप्रिय आवाज उत्तिकै महŒवका छन् । अहिले पनि गाउ“घरतिर ढोलक, टेम्पो नरसिंगा, झ्याम्टा, झ्याली, दमाहा बजेपछि विवाह वा अन्य उत्सवको रौनक अर्कै हुन्छ । व्रतबन्ध, सप्ताहा, विवाहजस्ता शुभकार्यमा प्रयोग हुने लोकबाजा अहिलेका पुस्ताले विरलै सुन्न र देख्न पाएका हुन्छन् । अझ कुसुन्डा, राउटे, जिरेल, हायु, धिमाल, सतार, चेपाङ, दराईजस्ता जातिमा प्रचलित बाजाहरूका बारेमा त कत्तिलाई ज्ञानै छैन । विभिन्न क्षेत्रमा बसोबास गर्ने विभिन्न, जातिका विभिन्न संस्कारमा प्रयोग हुने अनगिन्ती बाजा छन् ।
संग्रहालयका अनुसार नेपालमा भएका सबै जातजातिका आआङ्खनै प्रकारका लोकबाजा प्रचलनमा छन् । नेवार जातिमा सबैभन्दा धेरै ५७ बाजा छन् भने कुसुन्डा जातिको एउटै मात्र बाजा इर्लुङ पिपरी रहेको पाइन्छ । दमाई जातिका २७ र थारूका २२ वटा बाजा रहेका छन् भने जातजातिगत बाजाहरू पनि प्रचलनमा छन् । यस्ता लोकबाजा बनाउन विभिन्न धातु, सिङ, हाड, वनस्पति तथा जनावरका छाला प्रयोग गरिन्छ ।  कर्णाली क्षेत्रको कालीकोटमा बजाइने कर्णाली बाजा दमाई जातिको पुरानो लोकबाजा हो । दुईपटकसम्म घुमेको आकारमा रहेको यो बाजा फुकेर बजाइने सुर बाजा हो ।
कप्टेरा ओखलढुंगाका सुनार जातिले मृत्यु संस्कारमा बजाउने  बजा हो । मालिंगोको का“चो डा“ठलाई तल्लो भागमा पातलो चिम्टाजस्तो पारी राखिन्छ । मृतकको लास उठाउ“दा यो बाजा चारैतर्फ घुमेर र शवयात्रामा समेत बजाइने विवरणहरू क“डेलको पुस्तकमा उल्लेख छ । काङलिङ मानिसको नलीखुट्टाको हाडबाट बनेको बाजा हो । यसलाई तान्त्रिकहरूले प्रयोग गर्छन् । लामा तथा झा“क्रीहरूले उपचारमा यो बाजाको प्रयोग गर्छन् ।
कोहीली दोवल जातिको बाजा हो । नेपालको सुदूरपश्चिमको बैतडी र डडेल्धुरातिर प्रचलनमा रहेको यो बाजा देउडा गाउ“दा पनि बजाइन्छ । सुरबाजाअन्तर्गत पर्ने यो बजा शुभकार्यमा समेत बजाइने गरिन्छ । टुङ्ना हिमाली भेगका भेडा गोठालाहरूको निकै लोकप्रिय बाजा हो । यस बाजामा चारवटा तार जडिएको हुन्छ । यसको माथिल्लो भागमा शार्दूलको टाउकाको मूर्ति कु“दिएको हुन्छ । गुरा“सको काठबाट बनाइने यो बाजा का“धमा भिरिन्छ र दुवै हातले बजाइन्छ ।
यस्ता विभिन्न प्रकारका बाजाले हाम्रो समाजको संस्कृति र संगीतलाई विश्वसामु चिनाइरहेका छन् । मानिसको जन्मदेखि मृत्युसम्म र विभिन्न संस्कारमा प्रयोगमा आउने लोकबाजालाई पनि नौमति बाजा, पञ्चैबाजा, लोकबाजाजस्ता समूहमा विभाजन गरिएको पाइन्छ । हाम्रा संस्कार र संस्कृतिस“ग जोडिएका यस्ता बाजाको संरक्षणमा सरकारी पहल र अग्रसरता बढ्नु आवश्यक छ भने नया“ पुस्ताले पनि यसको अध्ययन र प्रयोगमा चासो दिनुपर्नेछ ।

प्रतिक्रिया