पुलमुनि च्यापिएको ‘इतिहास’

राजधानीको रत्नपार्कसगै जोडिएको रणोद्दीपचोकको आकासेपुल † राजधानी पस्ने प्रायःले यो पुलबाट यात्रा गरेको हुनुपर्छ । आङ्खनै धुनमा हिड्ने यात्रुलाई थाहा नहुन सक्छ, पुलको किनारमा एउटा इतिहास समाधिस्थ छ भनेर । नेपाली जामे मस्जिदको आगनसगै ‘खुम्चिएर’ एउटा इतिहास बसेको छ । पुलको मस्जिदतर्फको पूर्वीकिनाराले च्याप्नै आटेको एउटा दुब्लो फलामे बार छ । त्यही झिनो बारले बेरिएको साघुरो थुम्कोमा आपको बिरुवा हुर्कनै लागेको छ । लाग्छ त्यो थुम्को त्यही आपको बिरुवाका लागि बनाइएको होला †
आपको फेदीमा झन्डै डेढ सय वर्ष पुरानो इतिहास दमित रहेको नेपाली जामे मस्जिदका पूर्वसचिव मोहम्मद असरफ बताउछन् । झन्डै साढे आठ सय वर्ष लामो भारतको मुगल साम्राज्यको अन्तिम इतिहास त्यो थुम्कोमा समाधिस्थ छ । अर्थात् मुगल साम्राज्य (लखनऊ) का अन्तिम बादशाह वाजिदअली शाहकी ‘बेगम’को समाधि त्यहा“ रहेको सचिव असरफ बताउछन् ।
अवध राज्यकी ‘बेगम’ हजरत महलको समाधि नेपालको राजधानी काठमाडौंमा कसरी बन्यो भन्ने कौतुहलता जाग्नु स्वाभाविक हो । बेगमको जीवनी समेटिएको ‘अवधकी सान, बेगम हजरत महल’ पुस्तकमा उनको नेपाल आगमनको प्रसंग उल्लेख छ ।
सन् १८५० मा अवधका अन्तिम नवाब वाजिदअली शाहले ब्रिटिस अधीनता स्वीकार गरे । त्यो कुरा हजरत बेगमलाई सैह्य भएन । श्रीमान् कलकत्ता पलायन भएपछि उनले छोरा वीरजितको सहयोगमा लखनऊमा बसेर मुगल राज्यको अस्तित्वका लागि ‘नायव’ बनेर अन्तिम संघर्ष गरिन् । ब्रिटिस शासकका सामु केही नचलेपछि उनी छोराबुहारीसहित सन् १८५८ मा नेपाल पसिन् ।
हजरत बेगमको इतिहासका बारेमा जानकार नेपाली जामे मस्जिदका पूर्वसचिव असरफले भने, ‘उनलाई श्री ३ जंगबहादुर राणाले शरण दिएका थिए ।’ ब्रिटिसस“गको लडाइ“मा असफलता देखेपछि नेपाल पलायन भएकी लखनऊकी बेगमलाई ‘बर्फबाग’ भनेर चिनिने हालको राष्ट्रिय अनुसन्धान विभागको प्राङ्गणमा बस्ने प्रबन्ध मिलाइएको पुस्तकमा उल्लेख भएको सचिव असरफले जानकारी दिए । पछि बेगम महलले हालको नेपाली जामे मस्जिद परिसरमै बा“की समय बिताएको सचिव बताउ“छन् । नेपालको शरणमा आएपछि सन् १८७९ मा हजरतको मृत्यु भएको थियो । नेपालमा रह“दा हजरत मस्जिदकै धार्मिक कार्यमा संलग्न भए । उनको जीवनीका बारेमा इतिहासमा कतै उल्लेख गरिएको छैन ।
अहिले खुम्च“दै र सा“घुरि“दै गएको  समाधिस्थल त्यतिबेला खुला थियो । बढ्दो सहरीकरणले उनको समाधि पनि खुम्च“दै र गुमनाम बन्दैगएको नेपाली जामे मस्जिदका अध्यक्ष फरिद खान बताउ“छन् । नेपाल बसाइपछि बेगम महलका छोरा, बुहारी र केही नेपाली कामदार कलकत्ता फर्किए पनि बेगम भने छोराबुहारीकहा“ गए–नगएको थाहा नभएको जानकारहरू बताउ“छन् । उनका छोरा वीरजितले ‘म मुगल सम्राट् वाजिदअली शाहको जेठो छोरा हु“, मलाई पेन्सन, सम्पत्तिको रेखदेख दिनुपर्छ’ भनी ब्रिटिस सरकारस“ग माग गरेकाले उनलाई आफन्तैले सन् १८९३ मा बिष दिएर मारेको इतिहासमा उल्लेख छ । उनको समाधि कलकत्ताको मिटिया बुर्जमा उनकै पिताको समाधिस“ग रहेको जानकार मुस्लिमहरू बताउ“छन् । बेगम हजरत महलको सम्झनामा लखनऊस्थित गोमती नदीको किनारमा सआदत अलि खा“ र खुर्सीद जैदीको मकबरा नजिकै  विशाल पार्क निर्माण गरिएको छ । जो लखनऊको उत्कृष्ट पर्यटकीय स्थलमध्येको एक हो । बेगम हजरतको विवाहपूर्वको नाम मोहम्मदी बेगम थियो । तत्कालीन लखनऊका बादशाह वजिदअलीस“ग विवाह गरेपछि हजरत ‘बेगम महल’ भनेर चिनिएकी थिइन् । बेगमको समाधि नेपाली जामे मस्जिदमा किन बन्यो होला भन्ने जिज्ञासामा पूर्वसचिव असरफ, ‘नेपाली जामे मस्जिद र कास्मिरी मस्जिद एउटै हातामा थियो । सबै मुस्लिमको अन्तिम संस्कार यही“ गरिन्थ्यो । सिया होस वा सुन्नी । सन् १९४७ पछि श्री ३ वीर शमशेरले यहा“ मुर्दा गाड्न प्रतिबन्ध लगाएका हुन्’ भन्छन् ।  अहिलेको मुस्लिम समुदायका समाधि स्वयम्भूस्थित मस्जिद र कब्रस्थानमा बनाउने गरिएका छन् ।
लखनऊका नवाबहरूको इतिहास स्वतन्त्रता संग्राममार्फत जोगाउन खोज्दा आफै“ पलायन हुनुपरे पनि ‘बेगम’ हजरतको समाधि भने गुमनाम बन्दै गएको छ । उनको समाधि फोहोर र दमित बन्दै गएको छ । पहिचान देखि“दैन । विसं. २०६१ भदौ १६ गतेसम्म बेगमको समाधिमा शिलापत्र थियो रे । ‘इराकमा मारिएका १२ जना नेपालीको आक्रोशको आगोले त्यो शिलापत्र नष्ट भयो,’ नेपाली जामे मस्जिदका सचिव मनसुर हुसैनले भने ।
पूर्वसचिव असरफको भने समाधिस्थल सादा नै हनुपर्ने अडान छ । ‘म मान्छु हजरत बेगम एउटा इतिहास हुन् । उनको इतिहास गजबको छ । तर, समाधि ‘समाधि’ नै हो । सरसफाइमा भने कमीकमजोरी भएको छ ।’ उनले बेगमको समाधि पुल निर्माण गर्दा च्यापिन खोजेको र त्यो जोगाउन आफूले काठमाडौं महानगरपालिका, सडक विभाग, प्रहरी प्रशासनस“ग लड्नुपरेको स्मरण गर्दै भने, ‘तीतो पनि बोल्नुप¥यो, त्यति गरेर जोगाएका हौ“ ।’ उनले धर्मको माध्यमबाट सामाजिक मर्यादाको कामना गर्नुपर्ने धारणा राख्दै भने, ‘हिन्दु, मुस्लिम, सिख, बौद्ध, इसाई होस् या अरू, सबै धर्मको माध्यमबाट समाजलाई अनुशासनमा डो¥याउन सके समाज समृद्ध हुन्छ ।’ समाधिलाई चमकधमक बनाउने पक्षमा आफू नरहेको बताउ“दै उनले सरोकारवाला निकायले इतिहासलाई नै असहज बनाइदिएको गुनासो गरे ।

प्रतिक्रिया